प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: प्रदेश–१ सेमिफाइनलमा
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बुधबार दोस्रो जित हात पारेसँगै प्रदेश– १ समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ। एक खेलअगावै सेमिफाइनल यात्रा पक्का गर्ने क्रममा बुधबार प्रदेश– १ ले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्यो।
