बयान फेर्दा कानुनको कठघरामा
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए पीडित भनिएकामाथि नै सजायको व्यवस्था गरेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ ले बलात्कार मुद्दामा पीडितले अदालतसमक्ष बयान फेरेको ठहरिए पीडित भनिएकामाथि नै सजायको व्यवस्था गरेको छ।
सर्वोच्चले गरेको फैसलाबमोजिम प्रदेश सरकारले जनप्रतिनिधिलाई दिँदै आएको मासिक तलब वा मासिक पारिश्रमिक नभनी सेवासुविधा मात्र भनेर उल्लेख गर्ने गरी सरकार ऐन संशोधनको तयारीमा रहेको जनाइएको छ।
नेत्रविक्रम चन्दका दाई चन्द्रवहादुर चन्द सहित दाङमा पक्राउ परेका बिप्लव समूहका २१ नेता जेल गएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनिहरु जेल चलान भएका हुन्। सोमवार जिल्ला अदालतले उनिहरुलाई जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर विप्लव समूहका २१ जना नेताले आँफूहरुले धरौटी तिर्न नसक्ने भएका कारण कारागार चलान हुने निर्णय लिएका थिए।
जिल्लामा पछिल्लो एक वर्षमा ७९ जनामाथि बलात्कार भएको छ। ६९ वटा बलात्कार घटनामा ७९ जना पीडित भएको एक तथ्यांकले देखाएको छ। ७९ जनामध्ये सबै भन्दा बढि बालिका बलात्कृत भएका छन्। ७९ मध्य ४२ जना बालिका बलात्कृत भएका छन्।
प्रदेश नम्बर ५ को स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले गत सोमबार प्रदेशसभालाई आफ्नो प्रतिवेदन बुझायो। प्रदेशसभाबाट दुईतिहाइ बहुमत जुट्न नसकेपछि स्थायी राजधानी र नाम चयन गर्नका लागि प्रदेशसभाले विशेष समिति बनाएपछि स्थायी राजधानी घोषणा हुने मात्रै हैन, स्थायी राजधानी हुनसक्ने सम्भावित थलोबारे विभिन्न बहस थालिए।
जितको ह्याट्रिक पूरा गरेको दाङ कांग्रेस पछिल्लो समय तटस्थ मतदाता आकर्षित गर्न नसक्दा नेकपालाई विरासत जिम्मा लगाउन बाध्य भयो।
स्थानीय तहलाई शिक्षा, वन, स्वास्थ्यसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको भनिए पनि सो विषयमा निर्णय गर्ने कानुनी अधिकार अहिलेसम्म प्राप्त भइसकेको छैन। त्यसैले स्थानीय तह निर्णय गरेर पनि आफ्ना योजनाबाट पछाडि फर्किन बाध्य छन्।
विगतमा विवादित बन्दै आएको नदी पैदावर उत्खननको काम यसपाला पनि सुरुमै विवादित बनेको छ। आफूहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेका नदी तथा खोलाहरूलाई स्थानीय सरकारहरूले आफूखुसी प्रयोग गर्न थालेकाले विगतदेखि नै यस्तो समस्या देखिएको हो।
खोला उकास ऐलानी जग्गामा आफ्नो उपभोग रहेको प्रमाण देखाउन गाउँलेहरूले धमाधम पक्की घर बनाइरहेका छन्। केहीले मौखिक किनबेचसमेत गरिरहेका छन्।
घोराही उपमहानगरपालिका वडा १६ मा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन।
नेपाली कांग्रेसका शीर्ष नेताहरुले बर्तमान सरकारको धर्मराएको ‘समृद्धी’ को नारा लिपुलेकमा लम्पसार परेको बताएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा पर्ने तुलसीपुर ६ श्रीगाउँमा सोमवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस शीर्ष नेताहरुले विभिन्न ‘काण्डै काण्ड’ले धर्मराएको समृद्धीको नारा लिपुलेकमा पुगेर समाप्त भैसकेको बताए।
असोज २९ गते राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना उच्च तहका नेताहरु दाङमा पक्राउ परे। चन्दका सहोदर दाजु चन्दबहादुर चन्दसहित केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न जिल्ला इन्चार्जहरुको पक्राउले विप्लव समूहलाई ठूलो घाटा पुग्यो। राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
जिल्लाकै अतिविकट बबई गाउँपालिका–१ गगंटेमा नेपाल टेलिकम फोन सेवा सञ्चालन गर्ने सुखद खबरले गंगटेबासी हर्षित थिए।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ का बेला सबै दलको एक मात्रै बलियो अजेन्डा स्थापित भयो ‘प्रदेश ५ को राजधानी दाङ।’ हरेक दृष्टिकोणले दाङ राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानीका लागि आफूलाई बढी शक्तिशाली देखाउने होड त्यो बेला दलहरूबीच चल्यो।
भारतसँग दाङको ८३ किलोमिटर सीमा जोडिएको छ। पारि भारतीय भूभागमा पाँचपाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीले पहरा दिइरहेको छ। वारि नेपाली भूभागको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको उपस्थिति भने दुई स्थानमा मात्रै छ।
