११ आश्विन २०७९ मंगलबार
चुमन बस्नेत


चुमन बस्नेतका लेखहरु :

मिल्स भेट्रानको उपाधि दमकलाई

मध्यान्तरअघि गोल रहित खेलको दुवै टोली मध्यान्तरपछि खेलको लय परिवर्तन गर्दा दुवै टोली गोल गर्न सफल भए। खेलको अन्तिम ३० सेकेण्ड बाँकी छँदा दमक २–१ गोलको स्थितिमा रहेको थियो। आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा २–२ गोलको स्थितिमा रह्यो। निकै संघर्षका साथ टाइब्रेकरमा ४–३ गोलमा पराजित गर्दै दमकले उपाधि जितेको हो।

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

नगरपालिकाले तोकेको भन्दा बढी कर असुली

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि पाथीभरा कन्स्ट्रक्सनलाई शुल्क (कर)असुलीको ठेक्का लगाएको थियो। तर, ठेक्का पाएको ठेकेदार कम्पनीले नियमको धज्जी उडाउँदै कर संकलनका नाममा जथाभावी शुल्क असुली गरिरहेको पाइएको हो। कन्स्ट्रक्सनले हाट–बजार, निकासी, पूर्वाधार सम्भारसमेतका कर संकलनका लागि ठेक्का पाएको छ।

उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पुल सञ्चालन र अन्य सेवासुविधा दिन भारतीय गृहमन्त्री अमित साहलाई आग्रह

सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतक केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्। मन्त्री साहलाई पुल सञ्चालनका साथै भारतमा नेपालीहरुलाई विभिन्न सेवा सुविधान दिनसमेत आग्रह गरिएको छ।

फरार ३ जना प्रतिवादी पक्राउ

बेलबारी नगरपालिका–६ का भरत यादव, धरेन झा र बेलबारी–९ की तिलोदेवी पण्डित (कुम्हाल)लाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

न्यु सेप जिमलाई उपाधि

विराटनगर हाटखोलाको क्वालिटी थाई फुड्सलाई ३–१ ले पराजित गर्दै टंकीसिनवारीको न्यु सेप जिम एन्ड फिटनेस वल्र्डले ‘कर्पोरेट फुटसल’ को उपाधि हात पारेको छ।

चाड पर्व लक्षित ‘विशेष सुरक्षा’ लागू

नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको छ। असोज ४ गतेदेखि कात्तिकको दोस्रो हप्ता अर्थात छठ पूजासम्मका लागि ‘विशेष सुरक्षा’ योजना लागू गरिएको हो।

क्वालिटी थाइ फुड्स र न्यु सेप जिम फाइनलमा

विराटनगरमा जारी ‘कर्पोरेट फुटसल’ प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा विराटनगरको क्वालिटी थाइ फुड्स र टंकीसिनवारीको न्यु सेप जिम फाइनलमा प्रवेश गरेका छन्।

यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाऔं

‘वैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि विवाह गरेर बस्न पाएको छैनन्,’ गौतमले भने, ‘वैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पूर्वक बाँच्न पाउने अधिकारीबाट वञ्चित हुनुपरेको छ।’

निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

निर्माणाधीन घरको २ तलामाथिबाट खसेर विराटनगर–७ मा एक जना मजदुरको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियार निर्माणाधीन घरको माथिबाट खसेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।

कारागारमा एक कैदीको मृत्यु

दुवै खुट्टा सुन्निने, ज्वरो आउने र मटुको धड्कन बढ्ने जस्ता समस्या भएपछि उपचारका लागि मंगलबार कोसी अस्पताल भर्ना गरिएको थियो। सार्कीको उपचारका क्रममा बुधबार मृत्यु भएको र उनको शव अस्पतालमै राखिएको छ।

क्वाटरफाइनलमा हाटखोला भेट्रान

विराटनगरमा जारी टुबोर्ग प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लब पुगेको छ।

अस्ताए प्रजातन्त्र सेनानी प्रधान

प्रजातन्त्र सेनानी तथा विराटनगरका वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधानको ९२ वर्षको उमेरमा सोमबार निधन भएको छ। लामो समयदेखि मुटु र श्वास–प्रश्वासको समस्या झेल्दै आएका विराटनगर–१० का स्थायी बासिन्दासमेत रहेका प्रजातन्त्र सेनानी प्रधानको उपचारका क्रममा निधन भएको हो।

क्वाटरफाइनलमा युनाइटेड र भरौल भेट्रान

खेलको १७औं मिनेटमा भरौलका सन्तोष लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए। डिबक्सभित्र मिलन देवानले मिलाइ दिएको पासमा लिम्बू गोल गरेका हुन्। ७० मिनेटको खेलमा मध्यान्तरअघिसम्म भरौलले दबाबमा राख्दै खेले पनि गोल संख्या बढाउन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्