१३ जेष्ठ २०७७ मंगलबार
शिवहरि घिमिरे
विगत ६ वर्षदेखी पत्रकारितामा सक्रिय शिवहरि घिमिरेले समाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातत्वका विषयमा कमल चलाउँदै आएका छन्। उनी नागरिक दैनिकको संवाददाता हुन्।

शिवहरि घिमिरेका लेखहरु :

उपत्यकाका सयभन्दा बढी घर सिल

कुन–कुन ठाउँमा सिल गरिएको छ भन्नेबारे स्वास्थ्य मन्त्रालयले तथ्यांक राखेको छैन । तर त्यस्तो तथ्यांक राख्ने काम मन्त्रालयको भएको प्रहरीले जनाएको छ ।

सुरक्षा सामग्री अभावले जोखिम

सरकारले कोरोनामा महामारीविरुद्ध अग्रपंक्तिमा खटिनेहरूलाई आवश्यक सुरक्षा सामग्री पुर्याउन नसक्दा उनीहरूमा संक्रमणको जोखिम बढेको छ । पिपिई, मास्क, पन्जा, स्यानिटाइजरजस्ता अत्यावश्यक सामग्रीमा सहज नहुँदा महामारीविरुद्ध खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी बढी जोखिममा परेका हुन् ।

टोलमा तगारो थापे कारबाही

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई जथाभावी तगारो थाप्ने क्रियाकलाप भए कारबाही गर्नू भनी पत्राचार गरिसकेको छ।

जसको पेसागत धर्म नै जोखिममा खटिनु हो

फ्रन्ट लाइनमा बसेर काम गर्नेले बढी सचेतना अपनाउनुपर्ने देखिएको छ । सेल्फ सेफ्टी र प्रविधिको प्रयोग गर्ने, सामाजिक दुरी कायम राखेर व्यावसायिक दायित्व निर्वाह गर्नुपर्छ ।

फ्रन्टलाईनमा काम गर्ने प्रहरी कोरोनाबाट प्रभावित

फ्रन्टलाईनमा काम गर्नेमध्ये नेपाल प्रहरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ६ जना प्रहरी कोरोना सङ्क्रमित भएका छन् । बुधबार बिहान कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुस्टी भएपछि सङ्ख्या थपिएको हो ।

‘डेट बडी’ व्यवस्थापनबारे छैन सरकारको तयारी

धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको शुक्रबार निधन भयो । मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आयो । कोरोनाकै कारणले मृत्यु भएकी ती महिलाको अन्त्येष्टि गर्ने सम्बन्धमा भने जिम्मेवारी निकायलाई शनिबार दिनभर टाउको दुखाइ बन्यो ।

बाँस र काठ तेर्साएर ‘नो इन्ट्री’

अहिले सरकारले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको छ । लकडाउनको अर्थ पनि बाहिर नहिँड्नु घरभित्रै सुरक्षित रहनु हो । कतिपयले सरकारले आह्वान गरेको लकडाउन पूर्ण पालना गरिरहेका छन् । तर, कतिपय भने बाहिर ओहोरदोहोर गर्ने गरेको पनि देखिन्छ । खासगरी अहिले समाज÷सहरमा त्यस्तै मानिसदेखि त्रसित भइरहेको छ ।

‘सीमा विवाद सल्ट्याउने जिम्मा सेना–प्रहरीको होइन’

यदि कुनै व्यक्ति सच्चा नागरिक हो भने आफ्नो देशको माटोमा छिमेकीले छिस्रिक्क खोस्रँदा पनि उसको मुुटु चसक्क गर्छ । उसका लागि त्योभन्दा ठूलो दुःख केही हुन्न । अहिले भारतले नेपाली भूमि मिचेर सडक खनेपछि आम नेपाली नागरिकको मन कुँडिएको छ । नेपाली मनहरू भारतले सीमा मिच्दा दुखेका छन् । लकडाउनको बेला भारतविरुद्ध प्रतिवाद गर्न युवा अभियन्ता जागेका छन् ।

लकडाउनमा राष्ट्रपतिको राजसी सवारी

काठमाडौं-लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए। तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन्। दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान्?

संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी

सर्वसाधारणको ओहोरदोहोर रोकिएको बेला उनलाई सुरक्षा प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको सवारी चलाउन बिनामास्क सडकमा तैनाथ सुरक्षाकर्मी परिचालित थिए । उनको अघि–पछि तैनाथ भएका सुरक्षाकर्मीले मास्कधरी लगाउन पाएका थिएनन् । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले भौतिक दुरीसमेत कायम राख्न सकिरहेका थिएनन् ।

यस कारण सिल गरियो आरोग्य प्रतिष्ठान र निदान अस्पताल (अपडेट)

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सील गरिएको छ। बैशाख २९ गते सुनसरीबाट आएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनले काम गर्ने ठाउँ बन्द गरिएको हो।

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई नाममात्रको कारबाही (अपडेट)

शुक्रबार सरकारको केन्द्रीय सचिवालयको ढोकैमा सुरक्षाकर्मीमाथि जाइलागेका चार दर्जन चिनियाँ नागरिकमाथि सरकारले झिनो कारबाही थालेको छ।

सत्यमोहन जोशीको एक सय एक वर्षे जीवनयात्रा

जन्ममितिअनुसार मंगलबार सस्कृतिविद तथा वाङ्मय पुरुष सत्यमोहन जोशी एकसय एक बर्षमा प्रवेश गरेका छन्।सय बर्ष पार गरेको अवसरमा पाटन बखुम्बहालस्थित उनको घरमा शुभकामना दिन आउने शुभचिन्तकहरुको भीड छ।

कोरोना संक्रमण : उच्च जोखिम उपत्यका

सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ।

प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई नाममात्रको कारबाही

सरकारको केन्द्रीय सचिवालयको ढोकैमा सुरक्षाकर्मीमाथि विदेशी जाइलाग्नु गम्भीर मामिला हो, यति गम्भीर विषयमा सरकारले चासै दिएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्