१६ असार २०७९ बिहीबार
अरूण बम


अरूण बमका लेखहरु :

लागुऔषध हिँड्ने बाटोः ‘ट्रान्जिट प्वाइन्ट’ काठमाडौं

गत जेठ २९ गते साँझ ५ बजेर ५५ मिनेटमा फ्लाइट दुबईको जहाज दुबईबाट आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। जहाजमा आएकी एक अफ्रिकन महिलातिर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीको ध्यान तानियो। ती थिइन्, दक्षिण अफ्रिकी नागरिक ४६ वर्षीया मुरियल क्वेडुकबाजी थेम्बेनी साम्बा ! उनी आफ्नो मुलुक दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएकी थिइन्।

दोष आलेको, कारबाही अधिकारीलाई

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरबाट अश्लील गालीसहित कुटपिटमा परेका अधिकारी न्याय पाउनुको सट्टा उल्टै निलम्बनमा परेका हुन्।

मन्त्री आलेको आचरणविरुद्ध उजुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको आचरणविरुद्ध संघीय संसदको ‘आचारण अनुगमन समिति’मा उजुरी परेको छ।

सन्की मन्त्रीको गिर्दो मर्यादाः उत्कर्षमा आलेको अश्लीलता

संस्कृतिमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गर्दै हातपात गरेका छन्। उनको यो हर्कत सञ्चारमाध्यमबाट बाहिरिएको हो। सोही हर्कतका कारण उनको चर्को आलोचना भइरहेको छ।

आर्थिक लाभका लागि पर्यटनमन्त्री आलेको चलाखी: भतिजालाई तारागाउँमा भर्ती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्।

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

लाउन्ज, नशा, सवारी लिफ्ट र सामूहिक बलात्कार

साथीसँगै रमाइलो गर्न दरबारमार्ग गएकी २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।

आइजिपी सिंह र एआइजी पोखरेलबीच मतभेद बढ्दै

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको एक महिने बिदा यसैसाता सकिएको छ। बिदा सकिएपछि पोखरेलले १० दिनको थप बिदा मागेका थिए। तर, प्रहरी प्रधान कार्यालयले उनको मागअनुसार बिदा अस्वीकृत गरिदिएको छ।

चार वर्षमा १३६ शिक्षकमाथि यौनहिंसाको आरोप

शिक्षाविद् कोइरालाका अनुसार अमेरिका तथा युरोपतिर विद्यार्थीको गाला छुन नपाइने मानक छ। थाइल्याण्डमा टाउको छुन पाइँदैन। मुस्लिम देशहरूमा आँखा जुधाएर धेरैबेर हेर्न पाइँदैन्।

वार्डेनमाथि छात्रा यौन दुर्व्यवहारको आरोप

जेठ १० गते चाबहिलको सेन्ट लरेन्स कलेजमा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहारको आरोप सार्वजनिक भएको थियो।

दैनिक आठजनामाथि यौनजन्य दुर्व्यवहार

नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुव्र्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुव्र्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ।

‘ब्याड टच’ कि ‘ब्याड टाइमिङ’

घटना आइतबार दिउँसो २ बजेतिरहेको रहेको बताइएको छ। सुन्धारास्थित सिभिल मलमा रहेको फिल्म हलमा अभिनेत्री मगर पुगेकी थिइन्। चलचित्रको प्रर्दशनी सकिएपछि मगरसँगै दर्शकहरूको भीड सातौं तलामा रहेको कफी सपतर्फ केन्द्रित भएका थिए। जहाँ अभिनेत्री मगरसँगै सेल्फी खिच्नेहरूको लाम लागेको थियो।

‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरिने

सचिवको ९ हजार ४०२, सहसचिवको ७ हजार ४०७, उपसचिवको ६ हजार ४४, शाखा अधिकृतको ५ हजार ६९९, नायब सुब्बाको ४ हजार ५३०, खरिदारको ४ हजार २९२ र मुखियाको तलब ३ हजार ६०२ रूपैयाँ बढ्ने भएको छ। यस्तै नेपाली सेनातर्फ सबैभन्दा माथिल्लो तह प्रधान सेनापतिको तलब १० हजार ७१ बढ्ने भएको छ भने सबैभन्दा तल्लो तह फलोअर्स (प्रथम स्तर)को तलब ३ हजार २२२ बढ्ने भएको छ।

२९ जिल्लामा एउटै दलको जिसस

यसरी बन्ने जिल्ला समन्वय समिति गठनका लागि दलहरूले तयारी थालेका छन्। यस्तोमा २९ जिल्लामा एउटै दलले नै जिल्ला समन्वय समिति बनाउने गरी सुविधाजनक बहुमत कायम गरेका छन्, जसमा सबैभन्दा बढी १५ जिल्लामा नेपाली कांग्रेसको एकल जिल्ला समन्वय समिति बन्ने भएको छ। ९ जिल्लामा नेकपा एमाले र ५ जिल्लामा माओवादी केन्द्रको जिल्ला समन्वय समिति बन्ने भएको छ।

महानगर कार्यालयमुनि ढल पोखरी, निकासका लागि बालेनको प्रतीक्षा

काठमाडौं महानगरपालिकाको कार्यालय सुनधारास्थित ऐतिहासिक बागदरबारमा छ। बागदरबार २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि हाल जीर्णोद्धार कार्य चलिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्