स्थानीय तहमा आठ महिनामा अठार सय बढी उजुरी
सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार बरबरिया यादवसहित नौ जनाविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।
सेनेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार बरबरिया यादवसहित नौ जनाविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।
सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।
मधेस प्रदेशसभाको आज बसेको बैठक जनमत पार्टीका सांसदहरूको नाराबाजीका कारण अवरुद्ध भएको छ।
रायसिना डायलगमा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री एनपी साउद रामललाको दर्शन गर्न अयोध्या जाँदै छन्।
समयान्तरमा मधेसमा सशस्त्र समूहहरूको गतिविधि बन्द भएको छ तर अवैध हतियारको त्रास भने घटेको छैन। मधेसी समाज अवैध हतियारको त्रासमा बाँच्न विवश छ। अवैध हतियारको कारोबार नरोकिँदा त्यसको बाछिटाले समाज आक्रान्त बन्दै छ मधेस।
मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा उपस्थित १ सय ४ वटै प्रदेश सभा सदस्य मध्ये ६९ जनाले विश्वासको मत दिएका हुन्।
लहानमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका सुखीपुर नगरपालिका-२ का १८ वर्षीय निकेशकुमार यादवमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु भएको छ।
पाँच दशकअघि मधेसमा ‘प्रेम’ शब्दको उच्चारणसमेत ‘अपराध’ मानिन्थ्यो। त्यतिबेला अशोकले प्रेम गरे। प्रेम प्रस्ताव गर्ने आँट जुटाए। र, आफ्नो प्रेमलाई सफल बनाए।
लहान नगरपालिका-१५ स्थित चुरे संरक्षित क्षेत्रको खुट्टी खोलामा सेटिङ मिलाएर हुँदै आएको अवैध दोहन रोकिएको छ। अवैध उत्खनन सम्बन्धी समाचार निरन्तर सार्वजनिक भएपछि प्रशासनले रोक लगाएको हो।
इलाका प्रहरी कार्यालय लहानको पश्चिम पर्खाल पछाडि तस्करको गोदाम रहेको सार्वजनिक भएपछि प्रहरीकै संरक्षणमा उक्त गोदाम खाली गराइएको छ।
इलाका प्रहरी कार्यालय लहानको पश्चिम पर्खालपछाडि तस्करको गोदाम रहेको पाइएको छ। यहाँ भारतबाट भन्सार छली गरेर ल्याइने प्याज भण्डारण गरी बाहिरी जिल्ला पठाउने गरिएको छ।
चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सिरहा नगरपालिका-७ निवासी मधुसूदन कर्णलाई ठगीको आरोपमा सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रसूतिको क्रममा शिशुको मृत्युपछि नगरपालिकाले सिल गरिएको भनिएको ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह’ व्यवहारमा खुल्लै छ।
तीन महिनाअघि राजस्व अनुसन्धान कार्यालय इटहरीले तस्करको गोदाममा छापा मारेर करिब तीन करोड रूपैयाँबराबरका तस्करीका सामान बरामद गरेपछि सिरहामा कार्यरत सशस्त्र प्रहरीका तीनजना अधिकारी मुख्यालय तानिए।
‘एउटै डाक्टरले सबै काम गरेको पाइयो’, उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’