४ वैशाख २०८१ मंगलबार
सञ्जिव मिश्र


सञ्जिव मिश्रका लेखहरु :

पोर्चुगललाई मिहिनेत र भाग्यको साथ

धेरैको सोचाइ विपरीत कमजोर ढंगमा प्रतियोगिता सुरुआत गरेको पोर्चुगल युरोपियन च्याम्पियनसिपको विजेता हुनु अपेक्षित थिएन। खासगरी फाइनलमा फ्रान्सजस्तो आक्रामक र प्रभावकारी टोलीसँग खेल्नुपर्ने भएपछि पोर्चुगलले जित्ने अपेक्षा कमैले गरेका थिए।

दुवैलाई उत्कृष्ट प्रमाणित गर्ने अवसर

युरोपियन च्याम्पियनसिपको फाइनलमा आइतबार राति आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ। अब यो अन्तिम खेलमा आएर एउटालाई दाबेदार वा अर्कोलाई अन्डर डग भन्नुको अर्थ हुन्न। पछिल्ला ६–६ खेलको आरोह–अवरोह पार गर्दै यी दुई टोलीले आफूलाई उपाधि नजिक पुर्‍याएका थिए।

आफ्नै गल्तीमा जर्मनी चुक्यो

फ्रान्स र जर्मनीबीचको युरोपियन च्याम्पियनसिपको सेमिफाइनल विश्वभरका फुटबल दर्शकले व्यग्रसाथ कुरेका थिए। एउटा रोमाञ्चक प्रतिस्पर्धा हुने धेरैको अनुमान थियो। सुरुआती पाँच मिनेट हेर्दा फ्रान्सले जर्मनीलाई बराबरीको टक्कर दिनेछ।

पोर्चुगलको च्याम्पियन बन्ने लक्षण

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको म्याच विनरका रूपमा आफूलाई पुनः प्रमाणित गरेका छन्। ठूलो खेलाडी त्यो हुन्छ, जसले दबाब खेप्न सक्छ। युरोपियन च्याम्पियनसिपका क्रममा गोल गर्न संघर्षरत रोनाल्डोमा एकखाले दबाब पनि थियो।

एउटा उत्कृष्ट खेलको व्यग्रता

युइएफएले युरोपियन च्याम्पियनसिपमा यसैपटकबाट २४ राष्ट्रलाई समावेश गराएको थियो। युरोपको नम्बर एक खेल फुटबल भएकाले यसमा बढीभन्दा बढी राष्ट्र सहभागी गराउने युइएफएको निर्णय सही देखिन्छ।

पोर्चुगलको यात्र कठिन हुनसक्छ

युरोपियन च्याम्पियनसिप सेमिफाइनल पुग्ने टोलीमध्ये वेल्समात्र अनेपक्षित टोली हो । सन् १९५८ पछि ठूलो प्रतियोगिता खेलिरहेको वेल्सले सेमिफाइनलसम्म यात्रा तय गर्ने कमैको अनुमान थियो।

आइसल्यान्ड त्यसमै खुसी हुनु ठूलो

आइसल्यान्डका लागि युरोपियन च्याम्पियनसिपमा आयोजक फ्रान्सविरुद्धको क्वार्टरफाइनल सपनामा पनि नदेखेको उपलब्धि थियो। पहिलोपटक कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लायक भएको आइसल्यान्डका लागि सहभागिता नै सपना पूरा भएसरह थियो।

रणनीतिक फुटबलको नमुना

युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा जर्मनी र इटालीबीच खेल तय भएपछि फुटबल दर्शकहरुमा उच्च प्रतिस्पर्धाको खेल हेर्न पाउने अपेक्षा थियो।

आँकलन यस्तो ?

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ। तर, फ्रान्समा जारी युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल समीकरण पूरा हुँदा भने इतिहासका आधारमा गरिएको आँकलन एउटा खेलमा असफल भएको छ।

स्पेनले इटालीको शैलीबुझेन

स्पेन दुईपटकको साबिक विजेता हो भने २०१० को पनि विश्वविजेता टोली हो । उनीहरूको विशेषता भनेको ‘टिकी टाका’ फुटबल शैली हो।

अपेक्षित नतिजा

युरोपियन च्याम्पियनसिपको नकआउट चरणका चार खेल सकिँदा अप्रत्यासित नतिजा आएका छैनन्। अपेक्षा गरिएकै टोलीले जितेका छन्।  युरोपियन टोलीहरुको स्तरमा धेरै ठूलो अन्तर छैन। अहिलेको फुटबल एकदमै तीब्र गतिमा हुने भएकाले ठूला भनिएका टोलीले पनि गोलका लागि संघर्ष गर्नुपरेको छ।

यस्तो हुनसक्छ नकआउट चरण

युरोपियन च्याम्पियनसिपमा शनिबारबार नकआउट चरण सुरु हुँदा समर्थकहरू पक्कै थप रोमान्चित हुनेछन्। समूह चरण र नकआउट चरणको प्रकृति बिल्कुल भिन्न हुन्छ। समूह चरणमा एउटा खेलमा नतिजा बिग्रे पनि सच्याउने मौका प्राप्त हुनसक्छ।

राेनाल्डाेले देखाए सुपरस्टारकाे क्षमता

युरोपियन च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलअघि सबैभन्दा बढी दबाबमा सम्भवत पोर्चुगलका क्रिस्टियानो रोनाल्डो थिए । विश्व फुटबलका ठूला स्टारमध्येका एक रोनाल्डोले राम्रो खेल्दा जति तारिफ हुन्छ, त्यो भन्दा बढी आलोचना उनले खराब खेल्दा हुने गर्छ । त्यो स्वाभाविक पनि हो । गल्तीले धेरै प्रश्न जन्माउँछ ।

रणनीतिमा क्रोयसियाको सफलता

स्पेन सुरुको दुई खेल जितेर अन्तिम १६ मा पुगिसकेको थियो। अघि बढ्न क्रोएसियालाई भने कम्तीमा बराबरी गर्नुपर्ने थियो। केही मिनेटमै गोल गरेपछि स्पेन खेलमा हाबी पनि भयो। त्यसपछि टोलीले खेल अलि हल्का रूपमा लियो। छनोट हुनलाई खेल्नु र छनोट भएर खेल्नुको अन्तर स्पेनी प्रदर्शनमा पनि देखियो।

रोनाल्डोको अपेक्षाविपरित प्रदर्शन

रोनाल्डो र मेसी दुवैले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन्। विश्वकप पछि महत्वका साथ लिइने युरोपियन च्याम्पियनसिपमा पनि रोनाल्डोको टोली सफल हुन सकेको छैन। व्यवसायिक रुपमा उनीहरु जुन उचाईमा छन्, समाकालिन खेलाडीले त्यो उचाई पाउन कठिन देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्