डा. कोइरालाको मिर्गौलाको पत्थरीको शल्यक्रिया
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाको आकस्मिक रूपमा मिर्गौलाको पत्थरीको शल्यक्रिया भएको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान् कोइरालाको आकस्मिक रूपमा मिर्गौलाको पत्थरीको शल्यक्रिया भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनभित्रै कोभिड–१९ को खोप आउने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले त्यस्तो संकेत गरेका हुन्।
मोडेल अस्पतालका चिकित्सकहरुले १४ वर्षीय किशोरीको आन्द्राको जटिल शल्यक्रिया गरी नयाँ जीवन दिएका छन्। तेह्रथुमकी गंगा बास्कोटाको जन्मजात भएको पिसाव थैलीको शल्यक्रिया गरी कृत्रिम थैली तथा नली बनाएपछि उनको पिसाव चुहिने समस्या रोकिएको हो। शल्यक्रियापछि गंगाले नयाँ जीवन पाएकी छन्।
कोरोना नियन्त्रणका लागि भनेर गत वर्षदेखि विश्वभरि अपनाइएको जनस्वास्थ्य मापदण्डका कारण अन्य सरुवा रोगसमेत घटिरहेको पाइएको छ। राजधानीका मुख्य तथा ठूला अस्पतालहरूले फोहोर तथा प्रदूषणले लाग्ने रोग नियन्त्रण भइरहेको अनुभव गरेका छन्। चिकित्सकका अनुसार न गर्मी महिनाका झाडापखाला फैलियो न त रुघाखोकी तथा निमोनिया।
सरकारले पुस र माघ महिनाभित्र ६ लाख जनताको एन्टिजेन परीक्षण गर्ने तयारी गरेकोजनाएको छ। तीमध्ये ३ लाख पुसभित्र र तीन लाख माघभित्र परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चिकित्सकका अनुसार खोकी लाग्यो, सामान्य ज्वरो आयो या श्वासमा केही समस्या आयो या जिउ दुख्यो भने समयमै उपचारमा गएमा कोभिड निमोनियाको पहिचान र उपचार गर्न सजिलो हुन्छ र मृत्युको जोखिमबाट बच्न सकिन्छ।
भारतमा कोरोना संक्रमण घटेपछि नेपालमा पनि संक्रमण घटेको विज्ञहरुको विश्लेषण गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणमा भारतको प्रभाव परेको र भारतमा घटेसँगै नेपालमा घट्दै गएको बताए।
कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ। राजधानीका ग्राण्डी इन्टरनेशनल, ह्याम्स, ग्रिनसिटी,नर्भिक,नेपाल मेडिसिटी, स्टार अस्पताल ललितपुर लगायतका निजी अस्पतालहरुले सरकारले तोकेको २ हजार भन्दा बढी २२ सयदेखि २४ सय रुपैयाँ लिएको पाइएको हो।
कोरोना महामारीका बेला सबैभन्दा बढी हिंसामा दलित समुदायका महिला तथा बालबालिका परेको एक अध्ययनले देखाएको छ।
कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएको छ।
कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालले कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि कोल्ड रुम विस्तार तथा मर्मत गर्न लागिरहेको छ। उपत्यकासहित देशभरिका ४७ वटा कोल्ड स्टोरको मर्मत तथा विस्तार गर्न लागेको कोभिड खोप सल्लाहाकार संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए।
विश्वभरका विभिन्न कम्पनीले कोभिड १९ विरुद्ध खोप परीक्षण गरिरहेको र सफल भएको बताए पनि १४ मुनिका बालबालिकाले भने यो खोप लगाउन नपाउने भएका छन्।
सोमबार नेपालभरका ३ सय ९ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास भएको छ।
सरकारले कोरोना परीक्षणमा सोमबारदेखि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ।