८ जेष्ठ २०७८ शनिबार
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

पत्रकारसँग स्पष्टीकरण लिन बनाइएको समितिले सिडिओलाई बुझायो प्रतिवेदन

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रेले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकार र समाचारमा उल्लेखित स्रोतसँग स्पष्टीकरण माग्ने किसिमले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

विराटनगरमा अवैध सामान बरामद

भारतबाट अवैध रुपमा ल्याइदै गरेको सुर्ती, लत्ताकपडा लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । विराटनगर–१२ स्थित बखरीबाट तस्करीका सामानहरू बरामद गरिएको हो ।

मल विक्रेता सहकारीहरुको अनुगमन

भक्तपुर नगरपालिकाले बिहीबार विभिन्न तीनवटा मल विक्रेता सहकारीहरुको अनुगमन गरेको छ। भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक एवं उपप्रमुख रजनी जोशीको नेतृत्वमा मल वितरण व्यवस्थापन समितिका पदाधिकारीहरुले विभिन्न तीनवटा मल विक्रेता सहकारी संस्थाहरुको अनुगमन गरेको हो।

पोखरामा ओली समूहको भेला

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछिको विवादबीच ओलीको कदमको समर्थनमा पोखरामा भेला आयोजना गरिएको हो ।

गैँडाकोटमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोटमा सामान बोक्ने लोरी ट्रेलर (ट्रक) दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

जनशक्ति उत्पादन बढाउन नयाँ परियोजना

कृषि, निर्माण र पर्यटन क्षेत्रमा आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले नयाँ परियोजना सुरु भएको छ

ज्यामरुककोटमा भगवती मन्दिर

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा तीनरोपनी क्षेत्रफलको टापुमा दुर्गा भगवतीको मन्दिर निर्माण गरिएको छ ।

पोखरामा कांग्रेसको प्रदर्शन तयारी

ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्दतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा प्रदर्शन गर्न लागेको हो ।

प्रदेश १ मा धान उत्पादन बढ्यो

प्रदेश १ मा धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले उत्पादन बढेको प्रदेश कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्रदेश १ मा १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन भएको छ।

हिन्दुराष्ट्रका लागि जनमत संग्रह हुन्छ: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका लागि जनमत संग्रह आवश्यक रहेको बताएका छन्। सोमबार विराटनगरमा पत्रकारहरूसँगको भेटमा कोइरालाले नेपाली कांग्रेसले बहुमत ल्याए हिन्दु राष्ट्रका लागि जनमत संग्रह गराउने बताए।

लत्ताकपडासहित एक जना पक्राउ

अवैध रुपमा आयात गरिएका कपडासहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। भारतबाट तस्करी गरि ल्याइएका कपडासहित विराटनगर–६ सरोचियाका आशिफ खान पक्राउ परेका हुन्।

तहअनुसार न्यूनतम लगानीको सीमा तोकियो

सरकारले सहलगानीसम्बन्धी कार्यविधि, २०७७ जारी गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो कार्यविधि जारी गर्नुपरेको बताए।

संसदीय समितिको निर्देशनः एआइजी दरबन्दी थप गर्ने निर्णय कार्यान्वन नगर्नू

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा एक दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ।

प्रदेश १ मा ८७ संक्रमित थपिए

प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन्। झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ब्लु लोटस हेल्थ होमको निःशुल्क स्वास्थ्य शिबिर

नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञसहितको समूहबाट संञ्चालित ब्लु लोटस हेल्थ होमले यही मंसीर २२ गतेदेखि ३० गतेसम्मको लागि निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्