८ जेष्ठ २०७८ शनिबार
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

भक्तपुरमा एक वर्षमा दुई सय ५४ वटा घटना

भक्तपुरमा एक वर्षमा दुई सय ५४ वटा घटनाहरु घटेका छन्। हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका गरी एक वर्षमा यी घटना घटेका हुन्।

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने

यस वर्षको २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाउँंदै यो दिवस यस वर्ष भने भक्तपुरमा मनाउने भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

सिडिओलाई प्रदेश मातहत ल्याउने सहमति

प्रमुख जिल्ला अधिकारी(सिडिओ)लाई प्रदेश मातहतमा ल्याउन सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले संयुक्त पहल थाल्ने भएका छन्। शनिबार विराटनगरमा आयोजित कानून र सुरक्षासम्बन्धी अन्तरप्रदेशिय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मातहत राख्न आन्तरिक मामिला मन्त्रीहरूले संघसँग पहल थाल्ने सहमति गरेका हुन्।

विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

विप्लव समूहका मोरङ इन्चार्ज सुन्दर हरैंचा–१ का नरेश चौलागाई पक्राउ परेका छन्। चौलागाईलाई शुक्रबार साँझ मोरङको कसेनीस्थित सोमबारेबाट पक्राउ गरिएको हो।

धिमे बाजा प्रतियोगिता हुने

भक्तपुरमा यस वर्ष धिमे बाजा प्रतियोगिता हुने भएको छ। भक्तपुर नगरपालिकाले शुक्रबार गरेको सांस्कृतिक गुरुहरुसँंगको भेला कार्यक्रममा उक्त जानकारी दिइएको हो।

वडाध्यक्षको संलग्नतामा स्थानीयमाथि कुटपिट

जिल्लाको मन्थली नगरपालिका १० चनखुमा शुक्रबार साँझ सडक खन्ने क्रममा झरेको माटोको विषयमा भएको सामान्य विवादमा वडाध्यक्षकै संलग्नतामा एक सर्वसधारणले कुटाइ खाएका छन्। वडाध्यक्ष भरत बोहोराले स्थानीय ५० वर्षिय देवीबहादुर बोहोरालाई कुटेका छन्।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.२ दुवाकोट मोडबाट चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

ईनारबाट महिलाको जिवितै उद्दार

भक्तपुरको एउटा इनारबाट बिहीबार प्रहरीले जिउँंदै एउटा महिलाको उद्दार गरेको छ। भक्तपुर नगरपालिका ९ नवदुर्गास्थाननजिकै दत्तात्रय पछाडि रहेको ३० फिट गहिरो ईनारमा सोही स्थान बस्ने वर्ष ५४ की रत्नमाया मानन्धर अचानक खस्न गएकोमा उनको उद्दार गरिएको हो।

भवन बनेपनि सञ्चालन भएन बर्थिङ सेन्टर

जिल्लाको अत्यन्तै दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलमा दाताको सहयोगमा ३ महिने पहिले निर्माण सम्पन्न भएको बर्थिङ सेन्टरम अझै पनि प्रसुति सेवा भने सञ्चालन हुन सकेको छैन।

सांकेतिक भाषा अनुवादक नियुक्त गर्न सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले फरक शारीरिक क्षमता व्यक्तिसँग सम्बन्धित एउटा मुद्दामा सांकेतिक भाषा अनुवादक नियुक्त गरी मुद्दाको प्रक्रिया अघि बढाउन काभ्रेपलाञ्चोक जिल्ला अदालतलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले जिल्ला अदालत काभ्रेपलाञ्चोकको नाममा उक्त आदेश दिएको हो।

नक्कली नोटको कारोबारी पक्राउ

प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा चार बंगलादेशी नगारिकलाई पक्राउ गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

शितलहरले हवाई उडान ठप्प

शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो।

घरदैलो बिमा कार्यक्रम सुरु

बिमा समितिले मुलुकमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनीलाई दुर्गम तथा पिछडिएका क्षेत्रमा गई घरदैलो बिमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

औषधि पसलमा शिलबन्दी

लागुऔषाधि बाहेकका अन्य औषाधिहरुको खाली बट्टाहरु मात्रै राखिएको पाइएपछि भक्तपुरको एउटा औषधि पसल बन्द गरी सिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमनका क्रममा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा अवस्थित भैरब फार्मेसीको नाममा दर्ता भएको औषाधि पसल बन्द गरिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्