१६ संस्थापक सदस्य सम्मानित
नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११औं साधारणसभा रौतहट सदरमुकाम गौरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ।
शिक्षा ऐन तथा नियमावलीमा माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुने भनिए पनि रौतहटको गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न नाममा शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी संगठनहरुले विद्यालयमा ताला लगाएका छन्।
केही सातादेखि मौसममा आएको स्वभाविक परिवर्तनले नेपालको तराई भागमा चिसो बढेको छ। चिसोको कारण रौतहट जनजीवन प्रभावित बनेको छ। बाक्लो हुस्सु र कुहिरोको कारण शित पर्न थालेपछि यहाँका जनजीवन प्रभावित बनेको हो।
रौतहटका उखु किसानहरुले रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स लिमिटेडका सञ्चालकहरुले उखुको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा उद्योगका सञ्चालकरुविरुद्ध ठगी मुदा दर्ता गराएका छन्।
जग्गा विवादमा रौतहट तीन जना मिलेर एक जनालाई काठको कोरो प्रहार गरी हत्या गरेका छन्। रौतहटको गरुडा नगरपालिका वडा नम्बर ७ भिमडावर गाउँमा जग्गा विवादमा काठको कोरो प्रहार गरेर एक ५० वर्षीय व्यक्तिको बुधबार हत्या गरिएको छ।