राजधानीमा छठपूजा (फोटो फिचर)
आस्थाको महापर्व छठ पर्वअन्तर्गत काठमाडौंको पचली टेकुस्थित बाग्मती नदीमा व्रतालुले अस्ताउदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन्।
चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ। ‘सोलिडारिटी फर डा. केसी’को अगुवाईमा सडकमा निस्किएका युवाले केसीको जीवन रक्षाको माग गरेका हुन्।
कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।
उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु गरेपछि सडकहरु सुनसान देखिएका छन्। कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन्, अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन्।
स्वतन्त्र युवाहरुको समूहले शनिवार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ। काठमाडौंको शहीद गेट नजिकै स्वतस्फूर्तरुपमा जम्मा भएका युवाहरुले सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, स्वास्थ्य सामग्रीलगायत खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने माग राख्नै युवाहरुको समूहकाे विराेधमा उत्रेकाे हो।
कोभिड–१९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । जजिरा एयरमा आएका नेपालीहरू बसमा चढ्दै । कुवेतबाट १५० नेपाली लिएर जजिरा एयरमा र ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर फर्केका छन् ।
लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। बानेश्वर संसद भवन नजिक युवाहरुले सेभ द बोर्डरको नारा लगाएका थिए। बानेश्वरको पानीट्याङकीबाट संसद भवनतर्फ आइरहेको टोलीलाई प्रहरीले रोकेको थियो।
काठमाडौंमा मजदुरी गर्दै आइरहेका वीरगञ्जका मञ्जित कुलेखानीमा भेटिए। पसिनाले निथ्रुक भिजेका उनलाई वीरगञ्ज पुग्नु थियो। उनी र उनका साथीहरु आज विहान ३ बजे काठमाडौंबाट वीरगञ्जका लागि पैदल हिँडेका हुन्। उनीसँगै छन् रक्सौलका मुस्लिम आलम। उनलाई पनि रोगको भन्दा भोकको पिर छ। 'काठमाडौंमा बसियो भने भोकै पर्ने भइयो', उनले भने, 'खानकै समस्या भयो जेनतेन ८ दिन कोठामै बसियो। अब काम पनि छैन रासन पनि छैन।'
