१२ वैशाख २०८१ बुधबार
image/svg+xml
रामकुमार परियार


रामकुमार परियारका लेखहरु :

युएईबाट १ सय ५१ नेपाल फर्कदै, ३ जनाको उडान स्थगित

हिमालय एयरलाईन्सको पहिलो उद्दार उडानमार्फत आईतबार बिहान युएईबाट १ सय ५१ जना स्वदेश फर्किएका छन्। दूतावासले तयार गरेको प्राथमिकताको सुचिका आधारमा कोभिड १९ को महामारीका कारण स्वदेश फर्किन नपाएका २ शिशु सहित १ सय २६ पुरुष र २५ महिला लिएर हिमालय एयरलाईन्सको विमान आईतबार बिहान ४ बजेर २० मिनेटमा काठमाडौ प्रस्थान गरेको हो।

परेडको मैदानदेखि रेगिस्तानको बालुवासम्म

महोत्तरी बर्दिबासका हरिनारायण महतो कुनैबेला नेपाल पुलिस क्लबलाई गोल्ड मेडल दिलाउने विश्वासिलो खेलाडीका रूपमा चिनिन्थे । खेलप्रतिको अभिरुचि, दृढ़ ईच्छाशक्ति र लगनशीलताकै कारण उनले पटकपटक यसलाई पुष्टि समेत गरे ।

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

दलालबाट ठगिएका नेपाली महिला भन्छन् : दूतावासले हेरेन , घर फर्किन पैसा छैन

दलालबाट ठगिएर ४ महिनादेखि युएईमा बिचल्लीमा परेका नेपाली महिलाहरुले चार्टर विमानको टिकट काट्ने पैसा नभएपछि सहयोगको अपिल गरेका छन्।

चार्टर उडानको भाडा महँगो भएपछि विदेशमा रहेका नेपाली असन्तुष्ट

सरकारले कोभिड १९ का कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन तोकेको हवाई भाडा महँगो भएको भन्दै खाडी तथा मलेसियाका नेपालीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

दूतावासले सहयोग नगरेको युएईका नेपालीको गुनासो

कोभिड १९ को विपतका कारण युएईमा समस्यामा परेका नेपालीहरुले आफुहरुलाई नेपाली दूतावासले सहयोग नगरेको गुनासो गरेका छन्।

आशै-आशमा टर्‍यो घर जाने सपना

बिहीबार अबेर सार्वजनिक भएको घर फर्किन पाउने समाचारले धादिङकी कमला मैनाली फुरुङ्ग भइन्। उनी ७ महिनाकी गर्भवती छिन्। अबुधाबीको एक ५ तारे होटेलमा कार्यरत श्रीमानसंगै डेढ वर्षदेखि बस्दै आएकी छिन्।

मैले यसरी जितें कोरोनालाई

मृत्युदर ज्यादै कम रहेको यो रोगलाई साधारण रुघाखोकी लागे जस्तै सोचेर ‘पेनिक’ नभईकन शारीरिक दूरी कायम गर्नु भयो, साबुन–पानीले नियमित हात धुनु भयो र शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने पौष्टिक आहार खानुभयो भने तपाईंले पनि कोरोनालाई सहजै जित्नुहुनेछ।

घर फर्किन पाउने भएपछि प्रवासका नेपाली उत्साहित

सरकारले कोभिड १९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउने निर्णय गरेसँगै युएईमा रहेका नेपालीहरु घर फर्किन उत्साहित भएका छन्।

खाडी मुलुकले लकडाउनबारे कस्तो नीति लिदैछन् ?

कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि खाडी मुलुकहरूले लागू गरेको सुरक्षा तथा सावधानी सम्बन्धी प्रतिबन्धहरु खुकुलो पारेका छन्। खाडी मुलुकहरू युएई , साउदी अरेबिया , कुवेत , बहराईन र ओमनले झन्डै दुई महिनादेखी लागू गरेको बन्दाबन्दी सम्बन्धी नियमहरु परिवर्तन गर्दै कल कारखाना , उद्योग , व्यापार , यातायात आदि क्षेत्रहरु संचालन गर्न अनुमती दिएका छन्।

यस्तो छ दुवईमा कोरोनाविरुद्धको हाईटेक वार

स्मार्ट प्रहरीको स्मार्ट हेल्मेटदेखि लिएर अत्याधुjनिक प्रविधिले सुसज्जित अनुसन्धान प्रयोगशालाहरुले कोरोना विरुद्धको लडाइँमा दुवईले अवलम्बन गरेको “हाईटेक” वारलाई प्रतिविम्बित गरिरहेको छ।

युएईमा कोरोना नियन्त्रणका लागि कडा नियम, उल्लंघन गरे ठूलो जरिवाना र सजाय

संयुक्त अरब ईमिरेट्स (युएई) मा कोरोना नियन्त्रणका लागि विगतमा लागू गरिएका नियमहरु हेरफेर गर्दै ठूलो जरिवाना र सजाय सहितको नयाँ नियम लागू भएको छ। युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले राष्ट्रिय निर्मलिकरण अभियानको समयतालिका परिवर्तन गर्दै आज (बुधबार) देखी बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म आवातजावतमा कडाई गरेको छ।

डाबर ईन्टरनेशनलद्वारा युएईका नेपालीलाई ३० लाख रुपैयाँ बराबरकाे राहत सहयोग

डाबर ईन्टरनेशनलले युएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुको सहयोगका लागि ३० लाख नेपाली रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको छ ।

दुबईमा नेपाली र बंगलादेशी कामदारबीच झडप

दुबईको जावेलअलिमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कार्यरत नेपाली र बंगलादेशी कामदारहरु बिच मंगलबार राति झडप भएको छ। कोरोनाको प्रकोपका कारण काम नभएर कम्पनीको क्याम्पमै बसेका कामदारहरु बिच झडप हुँदा केही नेपाली घाइते भएका छन्।

खाडिमा कोरोना संक्रमित १ लाख नाघे, मृत्यु हुने ७ सय नजिक

नेपालीहरुको बाक्लो उपस्थिति रहेको खाडी मुलुकहरुमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या १ लाख नाघेको छ। खाडि मुलुकहरू बहराईन, कुवेत, ओमन, साउदी अरेबिया, कतार र युएईका सरकारी निकायहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार साँझसम्म कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ लाख ४ हजार ४ सय २८ पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्