यमलोकमा निर्मला
एक दिन यमराज आफ्नो दैनन्दिनी सकेर विश्राम गरिरहेका थिए। यमदूत (चित्रपट) मृत्युवरण गर्नेको नालीबेली निकाल्दै थिए। यत्तिकैमा यमलोकमा यसअघि कहिल्यै नसुनिएको अनौठो चित्कार सुनियो। यमदूत हस्याङफस्याङ गर्दै यमराजकहाँ आए। र, भने, ‘प्रभु ! अघिको चित्कार पृथ्वीलोकको हो।’ त्यसपछि दुवैले पृथ्वीलोकतर्फ हेरे।