१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अनिल मल्ल ठकुरी


अनिल मल्ल ठकुरीका लेखहरु :

‘उत्कृष्ट प्रदर्शनमा पनि खुसी भइनँ’

वर्षाका कारण खेल हुन सकेन। रिजर्भ डे पनि नभएकाले आयोजकले समूहचरणको विजेताको हैसियतमा युएई फाइनलमा पुगेको निर्णय दियो। मलेसियामा सम्पन्न त्यो प्रतियोगितामा एक पटक फेरि नेपाल असफल रह्यो।

कोरोना त्रासबीच सुरु हुँदै टोकियो ओलम्पिक

महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको टोकियो ओलम्पिक २०२० उद्घाटन हुँदा स्टेडियममा यसअघिका संस्करणभन्दा फरक दृश्य देखिनेछ। १ सय २५ वर्षको इतिहास बोकेको ओलम्पिक यसपटक अगस्ट ८ सम्म सञ्चालन हुनेछ।

प्रक्रिया मिचेर राखेप बोर्ड बैठकको तयारी

ऐन लागू भएको एक वर्षभित्र कम्तीमा दुई पटक बैठक बस्नुपर्ने भएता पनि राखेपको बोर्ड बसेको थिएन। गत असार १७ गतेदेखि नयाँ खेलकुद ऐन लागू भएको थियो।

टोकियोे ओलम्पिक: छोटो समयको बन्द प्रशिक्षणमा नेपाली खेलाडी

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। टोकियो ओलम्पिक खेल्ने पाँच खेलाडीमध्ये तीन खेलाडीलाई बुधबारदेखि १५ दिनको बन्द प्रशिक्षण राखिएको छ। यसपटक सुटिङ, पौडी, एथ्लेटिक्स र जुडोका नेपाली खेलाडीले वाइल्ड कार्डमार्फतओलम्पिक खेल्दै छन्।

बजेट २०७८/७९: खेलक्षेत्रमा सामान्य वृद्धि

कोरोना भाइरसको महामारीबीच सरकारले आगामी २०७८/७९ का लागि महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेर जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ सामान्य वृद्धि भएको छ।

त्रिकोणात्मक ट्वान्टी–२० शृंखला नेपाललाई उपाधि

शृंखलामा उत्कृष्ट ब्याटिङ प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दिएको नेपालले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेदरल्यान्डमाथि १ सय ४२ रनको विशाल अन्तरको जित निकाल्दै सन् २०१० पछि पहिलोपटक घरेलु भूमिमा उपाधि उचाल्यो।

त्रिकोणात्मक क्रिकेट: मलेसियामाथि फराकिलो जित

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभर सकिन पाँच बलअगावै १ सय ४८ रनमै समेटिएपछि नेपालले लिगका चार खेलमध्ये तीन जितसहित शनिबार डच टोलीविरुद्ध उपाधि चुनौती प्रस्तुत गर्ने भएको हो।

त्रिकोणात्मक क्रिकेट: विशाल लक्ष्य जोगाउन असफल

नेपालले गत सागमा निकै कमजोर टोली भुटानविरुद्धको ट्वान्टी–२० मा २ सय ३६रन बनाएको थियो। नेपालले दोस्रो पटक ट्वान्टी–२० मा २ सय रन पार गर्दा कुशल भुर्तेलले कीर्तिमानी अर्धशतक बनाए। उनी डेब्युपश्चात् लगातार तीन अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान भए।

ओपनरले जिताए नेपाललाई

कुशल भुर्तेल र आसिफ शेखले लगातार दोस्रो खेलमा पनि शतकीय साझेदारी गरेपछि नेपालले जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सोमबार मलेसियालाई ९ विकेटले हराउँदै गत वर्ष बेहोरेको हारको बदला लिएको छ।

सानदार जित सुखद डेब्यु

प्रशिक्षक डेभ ह्वाटमोरले डेब्यु खेलमै कुशल र आसिफलाई ओपनिङमा पठाउँदै चुनौती लिए पनि युवा जोडी प्रशिक्षकको भरोसाप्रति खरो उत्रियो। दुवैले अर्धशतक पूरा गर्दा पहिलो विकेटका लागि नेपालको तर्पmबाट १ सय १६ रनको नयाँ कीर्तिमानी साझेदारी पनि बन्यो।

एएफसी कप: आर्मीको सानदार पुनरागमन

घानाका तीन खेलाडीसहित उत्रेको श्रीलंका पुलिसमाथि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्जनौं अवसर सिर्जना गरेको आर्मीले पाँच गोल फर्काउँदै भारतीय टोली बेंगलुरु फुटबल क्लबसँगको भेट पक्का गरेको हो। नवयुग श्रेष्ठको आक्रमणबाट खेलको पहिलो मिनेटदेखि नै दबाब दिएको आर्मीले लगातार गोल अवसर सिर्जना गरेको थियो।

ह्विलचेयरबाट पाएको सफलता

‘ह्विलचेयरमा हिँडे पनि आमा जहिल्यै मलाई हेरेर रुनुहुन्थ्यो। अब तैंले केही गर्न सक्दैनस्। कसरी जीवन अगाडि बढाउँछस् ? यो परिवारको सहारा को हुन्छ भन्नुहुन्थ्यो,’ भावुक हुँदै पारा खेलाडी दिगमसिंह चेमजोङले सम्झिएका अतीत हुन् यी।

रामेछापमा राष्ट्रिय तेक्वान्दो एकेडेमी

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा एकेडेमी निर्माण भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य एवम् रामेछाप तेक्वान्दो संघका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए। एकेडेमीले कुल दुई रोपनी क्षेत्रफल ओगटेको छ। चेन्जिङ हल, बाथरुम, अफिस रूमलगायत सेवासुविधासहितको एकेडेमी निर्माण भएको छ।

खेलाडी र प्रशिक्षणमा पनि अब्बल

‘गुरुले चेला बनाउन चाहि खोज्ने, तर आफ्नो उत्तराधिकारीका रूपमा उसलाई विकास गर्न नचाहने परिपाटीका कारण पनि खेलकुदले सोचेअनुरूप फड्को मार्न सकिरहेको छैन।’ उक्त भनाइ हो नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठको।

रिकभरी प्लान आवश्यक

लामो समयको आराम लगत्तै खेलाडीले अभ्यास थालेमा त्यसले शारीरिक रूपमा पनि हानि पु-याउनेछ। त्यसैले सामान्य अवस्थामा फर्किएपश्चात् खेल सरोकारावालाले कम्तीमा राष्ट्रिय टोलीका खेलाडीका लागि मात्र भए पनि रिकभरी प्लान बनाउनुुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्