१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विनोद परियार


विनोद परियारका लेखहरु :

बुटवलका प्रहरी हवल्दार ४ लाख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ।

राणाकालदेखि गणतन्त्रसम्म हुन सकेन प्रशासनिक केन्द्र

१८७१/8७२ सालमा तत्कालीन अंग्रेज फौजसँगको लडाइँमा बुटवलस्थित तिनाउ नदीकिनार जितगढी किल्लाबाट कर्णेल उजिरसिंहको नेतृत्वमा नेपाली सेनाले अंग्रेजलाई परास्त गरेको थियो। अंग्रेज हराएको ठाउँ भनेर विश्वमै चर्चा भए पनि बुटवलले भने अहिलेसम्म इतिहासदेखि नै प्रशासन चलाउन भने पाएको छैन। सेनकालदेखि राणा हुँदै गणतन्त्रसम्म आउँदा पनि बुटवलले प्रशासनिक नेतृत्व गर्ने अवसर नपाएको जताततै विश्लेषण भइरहेको छ।

राणाकालदेखि गणतन्त्रसम्म प्रशासनिक केन्द्र बन्न नसकेकाे बुटवल

प्रदेशसभाको दुई तिहाई मतले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र (भालुवाङ) पारित गर्‍यो। प्रदेशका १२ वटै जिल्लाको भोगौलिक दूरी र ‘भर्जिनल्याण्ड’ मा राजधानी शहरको विकास गर्ने दलिलका साथ स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमा राप्ती नदी किनारको मैदानी भाग देउखुरी क्षेत्रलाई तोकिएको हो।

लुम्बिनी प्रदेश उपसभामुखलाई कोरोना संक्रमण, प्रदेशसभा ६ गतेसम्म बन्द

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उपसभामुख थारुले मंगलबार सामाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन।

राजधानीले बढायो संक्रमण, सचेत नभए स्थिति भयावह हुने चेतावनी

लुम्बिनी प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीलाई गत शुक्रबार कोरोना पुष्टि भएपछि आइसोलेसनमा छन्। सासंद दधिराम न्यौपानेलाई पनि शनिबार कोरोना देखिएपछि आइसोलेसनमा बसेका छन्।

रूपन्देहीमा कोरोना संक्रमण बढ्दो, सक्रिय संक्रमित ११ सय २६

बजारमा अनियन्त्रित चहपहल बढ्दै गएपछि रुपन्देहीमा पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

जग्गाको निहुँमा दलित महिलामाथि निर्घात कुटपिट

रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्।

कोरोना संक्रमणबाट रूपन्देहीमा तीन जनाको मृत्यु

रुपन्देहीमा पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना बिशेष अस्पतालमा २ जना र भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा एक जना गरि तीन संक्रमितको मृत्यु भएको हो।

मगर संघद्वारा लुम्बिनी नामाकरणमा विरोध, मगरात लुम्बिनी राख्न माग

लुम्बिनी प्रदेश नामाकरण गरिएकोमा मगर सम्बन्ध संघसंस्थाले विरोध गरेका छन्। प्रदेशमा ४९ लाख जनसंख्यामध्ये ८ लाखको हाराहारीमा जनसख्या रहेको मगर समुदायको पहिचानलाई नामेट पारेर धार्मिक आधारमा मात्रै लुम्बिनी नामाकरण गरेको भन्दै विरोध गरेका हुन्।

दुई तिहाइले टुंगीयो नाम र राजधानी

प्रदेश स्थापनाको झण्डै ३१ महिनापछि मंगलबार प्रदेश ५ ले नाम र स्थायी राजधानी पाएको छ।

राजधानीका लागि उपयुक्त ठाँउ खोज्दै जाँदा भालुवाङ भेटियो : मुख्यमन्त्री पोख्रेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानीका लागि प्रदेशवासीको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने सबैभन्दा उपयुक्त ठाँउको खोजी गर्दै जाँदा दाङको राप्ती उपत्यका भेटिएको दावी गरेका छन्।

रुपन्देहीमा नेकपाका २ हजार कार्यकर्ताले पार्टी छोडे

प्रदेशको स्थायी राजधानी बुटवलबाट सारेर दाङ भालुवाङमा प्रस्ताव गरेपछि नेकपाका २ हजार बढी कार्यकताले पार्टी छाडेको घोषणा गरेका छन्। नेकपा महासिचव विष्णु पौडेलका गृह जिल्लाका २ हजार ३ सयले पार्टी सदस्यताबाट राजीनामा दिएका हुन्।

प्रदेश ५ : नाम र राजधानीका लागि मतदान हुँदै, दुई तिहाइले पास हुने लगभग निश्चित

प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदैछ। १ बजे सुरु हुने प्रदेश सभाको बैठकको सुरुमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुलाई बोल्ने समय उपलव्ध गराइने छ।

प्रदेशसभामा नाराबाजीबीच छलफल सुरु

नाराबाजीबीच सभामुखले राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल अघि बढाएपछि प्रदेशसभा बैठकमा कुर्सी फालाफालको अवस्था उत्पन्न भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्