जीवन राम्रो छ
‘अहँ, अब म धर्तीको बोझ बन्दिनँ । म मर्छु।’ अचानक कछुवाले यस्तो निर्णय ग-यो र मर्न भनेर हिँड्यो। जङ्गलको बीचमा अरु जनावर कोही फुत्रुकफुत्रुक नाच्दै थिए । कोही सिकार खोज्दै थिए । कोही गीत गाउँदै थिए । कोही हाँस्दै थिए । तर कछुवा भने मर्न हिँड्यो।