२३ आश्विन २०७८ शनिबार
विष्णुप्रसाद देवकोटा


विष्णुप्रसाद देवकोटाका लेखहरु :

बालविवाहविरुद्ध गाउँगाउँमा जनचेतना फैलाउदै जोडी अभियान्ता

जतिछिटो विवाह गर्‍यो, तेतिछिटो छोराछोरी ठूला हुन्छन्। बुढेसकालका सहारा बन्छन्। भन्छन् हजुर भनेर आफ्नो समाजमा भइरहेको बालविवाहको समस्याबारे गाउँघरमा पुगेका बालविवाहविरुद्धका अभियान्ताहरुलाई सुनाउदै थिइन उनी। ठुलीभेरी नगरपालिका ७ जुफालकी उनी बालविवाहविरुद्धकी एक अभियान्ता पनि हुन् ।

डोल्पा अस्पतालमा बिरामीलाई खाना र नास्ता, हप्तामा दुई पटक मासु

जिल्ला अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई खाना, नास्ता र बिहान बेलुका चियाको व्यवस्था गर्ने निर्णय गरेपछि समयमै खाना लिएर परिवार आउदैनन् कि भनेर चिन्ता लिनु पर्ने अवस्थाको अन्त्य भएको छ।

डोल्पामा घरेलु हिंसाका घटना बढ्दो

हिमाली जिल्ला डोल्पामा घरेलु हिंसाका घटना विगतको तुलनामा बढ्दो क्रममा रहेको पाइएको छ। मानव अधिकार र सामाजिक न्यायका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जिल्लामा संकलन गरेको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनामा घरेलु महिला हिंसाका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको हो।

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरमार्फत उद्दार

सुत्केरी ब्यथा लागेको २ दिनसम्म सुत्केरी गराउन नसकिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। काइके गाउँपालिका २ की ३२ वर्षिया पासाङ् रोकायालाई शुक्रवार सेनाको हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत लगिएको हो।

फोटो पारखीहरुको लागि समिट एयरको जहाज बन्यो फोटो उद्यायन

हिमपातको कारण विमानस्थलमै थन्किएको जहाज हिउँसंगै फोटो खिच्ने पारखीहरुको लागि आर्कषणको माद्यम बनेको छ। शुक्रबार बिहान ७ बजे नेपालगन्जबाट यात्रु लिएर आएको समिट एयरको जहाज भारी हिमपातका कारण डोल्पाको जुफाल विमानस्थलको धावनमार्गमै थन्किएको थियो।

डोल्पामा पहिलो पटक जलकचहरी

वर्षनी बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव रोक्न डोल्पामा पहिलो पटक स्थानीयस्तरमा जलकचहरी गरिएको छ।

खराब मौसमका कारण समिट एयर जहाज जुफाल विमानस्थलमा थन्कियो

प्रतिकुल मौसमका कारण समिट एयरको जहाज डोल्पाको विमानस्थल जुफालको धावनमार्गमै थन्किएको छ। बिहान ७ बजे जुफाल विमानस्थलमा अवतरण गरेको जहाज मौसममा खराबी आएपछि धावनमार्गमै थन्किएको हो।

मेवाइल टर्च र दियालोको धिपधिपे उज्यालोको भरमा सुत्केरी गराउन बाध्य

ग्रामीण क्षेत्रका महिलाहरुलाई सफल सुत्केरी गराउने उद्देश्यले स्थापना गरिएका प्रसुति केन्द्रहरु भरपर्दो बत्तीको व्यवस्था नहुँदा समस्यामा छन्।

पानी भर्नुपर्ने बाध्यताले विद्यालय जाँदैनन् बालबालिका

चाँदनी बुढा उमेरले ९ वर्षकी भइन। उनी बलभद्र निम्न माद्यामिक विद्यालय रसि माझ गाउँमा कक्षा ६ मा पढ्छिन। तर प्रत्येक सोमबार उनी विद्यालयमा गएर पनि कक्षा कोठामा पढ्न पाउँदिनन्। सदाझै सोमबार हुने पढाईलाई थाती राखेर भएपनि  खानेपानीको लागि लाइनमा बस्नुपर्ने बाध्यता उनीमा छ। हप्तामा एक दिन पानी भर्ने पालो आउँछ।

हिमपात र चिसोबाट जोगिन विपतको तयारी

हिमाली जिल्ला डोल्पामा चिसो बढेसँगै हिमपात र चिसोबाट नागरिकलाई जोगाउन पूर्व विपत व्यवस्थापनको तयारी गरिएको छ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा रोकाय

मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा गणेशचन्द्र रोकाया चयन भएका छन्। शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगतको मध्यवर्ती वन व्यवस्थापन समितिको सोमबार भएको भेलाले रोकायालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

निकुन्ज क्षेत्रमा जथाभावी हेलिकप्टर अवतरणले प्राकृतिक वन सम्पदा संकटमा

कुनै पनि निकुन्ज वन क्षेत्रमा उडान भर्न र अवतरण गर्न सम्बन्धित हेलिकप्टरले निकुन्जबाट पूर्व स्वीकृती लिनुपर्ने हुन्छ। तर डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा निकुन्जको स्वीकृति र चेकजाँच बिनानै हेलिकप्टरहरुले आफुखुसी उडान भर्ने र अवतरण गर्ने गरेको पाइएको छ।

अवैध रुपमा सेतोचिनी संकलन गर्ने एक पक्राउ, तीनविरुद्ध पक्राउ पुर्जि जारी

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पाइने खिराङ्गलो अवैध रुपमा संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगत रहेको त्रिपुरासुन्दरी मध्यवर्ती वन क्षेत्रमा पाइने खिराङ्गलो(सेतो चीनी) अवैध रुपमा संकलन गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्लीका ठेकिलाल कुलाललाई निकुन्जबाट खटिएर गएको नेपाली सेनाले पक्राउ गरेको हो।

संरक्षणको अभावले जोखिममा रातो पाण्डा

विश्वको सबैभन्दा सुन्दर स्तनधारी वन्यजन्तु रेड पाण्डा(हाब्रे) संरक्षणको अभावमा उच्च जोखिममा रहेको पाइएको छ। विश्व दुर्लभ वन्यजन्तुको रुपमा रहेको रेड पाण्डाको पछिल्लो समय चोरी शिकारीमा वृद्दि भएसँगै यो जनावर जोखिममा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्