२३ आश्विन २०७८ शनिबार
विष्णुप्रसाद देवकोटा


विष्णुप्रसाद देवकोटाका लेखहरु :

जीप दुर्घटनामा परेकी अमिनाको अवस्था अझै अज्ञात

सोमाबार भएको जीप दुर्घटनामा परेकी त्रिपूरा सुन्दरी नगरपालिका ३ की अमिना बुढा मगरको अवस्था अझै अज्ञात छ। दुर्घटनामा परेकी उनको खोजी गरिदिन प्रहरी र प्रशासनलाई उनका आफन्तले आग्रह गरेका छन्। प्रहरी प्रशासनले उनको खोजीमा बेवास्था गरेको अमिनाका आफन्तले आरोप लगाएका छन्।

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

डोल्पामा यार्सा गुम्बा टिप्न गएका ३ यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ।

प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ता पक्राउ

प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेत अवलचिङका सन्तोष खड्का रहेका छन् ।उनीहरूलाई त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

डोल्पामा चट्टान खसेर २ को मृत्यु, एक घाइते

डोल्पामा सडक निर्माणका क्रममा चट्टान खस्दा २ जनाको मृत्यु भएको छ। घटनामा एक घाइते भएका छन्।

काँग्रेसकाे छाया सरकारद्वारा चरणबद्ध रुपमा विरोध कार्यक्रम गर्ने

डोल्पाका स्थानीय तहहरूमा समानान्तर सरकारको रुपमा डोल्पा काँग्रेसले गठन गरेकोे छाया सरकारको पहिलो बैठकले स्थानीय जनप्रतिनिधिहरूले गरेको स्वेच्छाचारी कामको विरोध गर्ने देखि नगरमा ताला लगाउने सम्मको चरणबद्ध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ।

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

खाली हुँदै डोल्पाका विद्यालय

बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्ने सिजन सुरुभएसँगै हिमाली जिल्ला डोल्पाका अधिकत्तर विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्