१ जेष्ठ २०७८ शनिबार
रूबी रौनियार


रूबी रौनियारका लेखहरु :

शिक्षकद्वारा लकडाउनको तलब व्यवस्था गर्न माग

संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालयहरूले यस पटक पनि कोभिडको निहुँमा फागुनदेखि नै तलब नदिएको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले निजी विद्यालयका शिक्षकले कम पारिश्रमिकमै दिनरात काम गरे पनि विद्यालयहरूले यस पटक पनि फागुनदेखि नै तलब नदिएको सरकारसँग गुनासो गरेका छन् ।

कोभिड नियन्त्रणको सहयोगमा जुटे युवा हात

शुक्रबार बिहान ९ बजेदेखि वीर अस्पतालको नयाँ भवनमा युवाहरू कोभिड वार्ड व्यवस्थापन गर्न जुटेका छन्। सरकारले आइतबारसम्म वीरको नयाँ भवनमा कम्तीमा सय बेडसहितको कोरोना अवार्ड सञ्चालन गर्ने तय गरे पनि जनशक्ति अभावका कारण ढिलाइ भइरहेको भन्ने सन्देश युवा जमातले थाहा पाएपछि उनीहरू स्वतःस्फूर्त रूपमा इन्स्टाग्रामबाट सन्देश प्रवाह गरी मंगलबारदेखि जम्मा भएका थिए।

इन्जिनियरिङ अध्ययन संस्थानको बेथिति

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था हो । यसमा विद्यार्थीहरु अध्ययन गर्न पाउने नै आफूलाई भाग्यमानी ठान्छन् । यति मात्र होइन विदेशमा समेत यसको उत्पादित जनशक्तिले राम्रो अवसर पाउने गरेका छन् । यसकासाथै इन्जिनियरिङ अध्ययन संस्थानको बिईको प्रवेस परीक्षा पास मात्र भएकै आधारमा विदेशी विश्वविद्यालयहरुले थरीथरिका छात्रवृत्ति समेत दिने गरेका छन् । तर हाल आएर यस संस्थानमा केही स्वार्थी पदाधिकारीहरुले गर्दा संस्थाको गरिमा खस्कँदै गएको कार्यरत प्राध्यापकहरुले खुलाएका छन् ।

लैङ्गिक समानतासम्बन्धी कार्यक्रमका दातृ निकायहरु नेपालबाट असन्तुष्ट

लैङ्गिक समानतासम्बन्धी कार्यक्रममा लगानी गर्ने प्रमुख दातृ निकायहरु नेपालबाट असन्तुष्ट देखिएका छन्। लैंगिक समानतासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय विकास संगठन, डिएफआइडी, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(युएसएड) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग गर्दै आएका ती निकायहरु असन्तुष्ट देखिएका हुन्।

अन्तर्राष्ट्रिय नेपाली समाज विश्व नेपाली साहित्य सम्मेलनको घोषणापत्र

अन्तर्राष्ट्रिय नेपाली समाज नेपाली साहित्य सम्मेलन २०२१ गत साता सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सम्मेलनले समाजिक कुप्रथालाई साहित्यमार्फत सचेत गराउने गरी १६ बुँदे घोषणापत्र जारी गरेको छ ।

पाठ्यपुस्तक छपाई र ढुवानीमा अन्योल

यस वर्षको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि संचालन हुने सरकारले तय गरेको छ । तर हालसम्म पाठ्यपुस्तक छपाई र वितरणको कार्य भने अन्योल बनेको छ ।

त्रिविका सबै परीक्षा स्थगित

वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले जनाए। यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा नियन्त्रक प्राडा. टेकराज ज्ञवालीले सूचना सार्वजनिक गरीनै सूचित गरेका छन्।

स्वास्थ्यको सुझावलाई बेवास्ता, अलमलमा अभिभावक

नेपालमा कोभिड १९ को दोस्रो लहरको चपेटामा बालबालिका पनि पर्न थालेका छन्। तर विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सिसिएमसीले ठोस निर्णय गर्न नसक्दा अभिभावकसमेत अन्योलमा छन्।

कोभिड देखिएका विद्यालय एकसाता बन्द गर्न निर्देशन

काठमाडौं महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, शिक्षा विभागले शुक्रबार विद्यालय सञ्चालन सम्बन्धमा निर्देशन जारी गर्दै महानगरभित्रका कुनै पनि विद्यालय, शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नआएसम्म कम्तीमा एक साताका लागि बन्द गर्नुपर्ने निर्देशन दिएको छ ।

शिक्षामा चुनौती र उपलब्धि

स्वास्थ्य मन्त्रालयअन्तर्गतका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षभन्दा मुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि २९ गतेसम्म ३ हजार ४ सय ५ लाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका संक्रमित रहेका छन्।

‘कोरोनाको उपाय विद्यालय बन्द होइन’

स्वास्थ्य मन्त्रालयका अनुसार दुई सातायता १८ वर्षमुनिका २ सय ७१ बालाबलिका संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षमुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि चैत २९ गतेसम्म ३ हजार ४ सय ५ जनालाई संक्रमण देखिएको छ। जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका कोरोना संक्रमित रहेका छन्।

उच्च जोखिममा विद्यालय, मास्क पनि साटासाट !

‘स्कुलमा अनुगमनमा पुग्दा विद्यार्थीले मास्कसमेत साटासाट गरेर लगाएको देखियो,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भने, ‘यतिमात्र होइन, बालबालिकाले एउटै बोतलबाट पानी पिएको पाइयो। प्राथमिक तहका बालबालिकाले स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड नअपनाएको, हात साबुनपानीले नधुने र शिक्षकले पनि मास्क लगाउन छाडेको पाइयो।’

मन्त्रालयको निर्देशन मानेनन् स्थानीय तहले

स्थानीय तहहरूले विज्ञप्ति जारी गर्दै भर्खरै मात्र कोरोना कहरबाट बाहिरिएर तंग्रिरहेका शैक्षिक संस्था अब बन्द गर्न नसकिने मन्त्रालयको निर्देशन मान्न नसकिने जवाफ दिएका छन्। यसले संघीयतामा केन्द्रको निर्णय स्थानीयले नटेर्ने गरेको प्रष्ट पारेको छ।

शिक्षक सेवा आयोग: शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्। यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन्।

बौद्धिक चोरी आरोपमा प्राध्यापक कारबाहीमा

बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित छ जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्