६ वैशाख २०८१ बिहीबार
मल्ल के. सुन्दर


मल्ल के. सुन्दरका लेखहरु :

शंखधरको सम्मान

बौद्ध साहित्यमा यो एउटा अत्यन्त चर्चित जातक कथा हो। प्राचीन नेपालमण्डल क्षेत्रभित्रका एकजना राजकुमारले आफ्ना दाजुहरूसँग जंगलतिर घुम्न जाँदा एक बघिनी र उसका बच्चाहरूलाई भेट्टाउँछ।

चीनबाट के सिक्ने हामीले ?

‘मस्कोमा पानी पर्दा काठमाडौंमा छाता ओढाइ’ नेपालका कम्युनिष्टहरु प्रति छेडछाड गरिने यो एक अत्यन्त प्रचलित कथन थियो। कुरा सन पच्चास दशकतिरको हो। अन्तरराष्ट्रिय सर्वहारावादको वकलात गर्ने तात्कालिन कम्यूनिष्टहरुले भने एकल अन्तरराष्ट्रिय केन्द्रलाई सिद्धान्ततः स्वीकार गर्दे आइरहेको कुरा थियो। विशेषतः दोस्रो विश्व युद्ध पश्चात पूर्वी युरोपका नयाँ स्वाधिन राष्ट्रहरुका लागि सोभियत रुसको सुरक्षा कवजको आवश्यकता रहेको त्यस कालखण्डमा एकल अन्तरराष्ट्रिय केन्द्रको मान्यतामा वार्सा सन्धी जस्ता सामरिक संरचनालाई अन्यथा ठानिएको थिएन। केवल राजनीति र रणनीतिमा मात्र होइन दैनिक शासन प्रशासनमा समेत क्रेमलिनको प्रत्यक्ष भूमिकालाई सहज ठानिन्थ्यो पूर्वी युरोपमा। केवल मार्सल टिटोको नेतृत्वमा रहेको पूर्वी युरोपको अंश युगोस्लाभिया मात्र त्यसमा अपवाद रहे। खु्रश्चोवसंगको माओको विवाद पछि भने स्थितिमा परिवर्तन आए।

प्रणालीविरुद्धकै प्रहार हो त ?

सडकमा अहिले सुुनिन थालेका विमति, असन्तोष तथा आक्रोशका स्वरलाई प्रधानमन्त्रीलगायत आजका शासकले पनि हिजोका शासकले जस्तैसजिलैसँग व्यवस्था/प्रणालीसँग जोडेर आफू चोखिने कुटिल व्याख्या गरिरहेका छन्।

आदिवासीका भाषिक अधिकार

अगस्ट ९, विश्व आदिवासी दिवस। राष्ट्रसंघद्वारा यस दिनलाई विश्व आदिवासी दिवसका रूपमा मनाउन थालेको यो २५ औँवर्ष हो। यस वर्षका लागि राष्ट्रसंघले ‘आदिवासीहरूको भाषा’ लाई मूल विषय रोजेको छ। आदिवासीको भाषाको पुनरोत्थान, संरक्षण तथा संवद्र्धनतर्फ सरोकारवाला सबै पक्षको ध्यानाकृष्ट गराउने यसको लक्ष्य छ।

नेपाल संवत् र राज्य

आखिर शंखधर साख्वाःद्वारा प्रतिपादित नेपाल संवत् त्यही हो, शंखधर उही हुन् । हामी नेपाली र हाम्रो नेपाल पनि त्यही हो तर समय कालखण्डले नेपाल संवत् र शंखधरप्रति आत्मसात् गरिने प्रवृत्तिमा ठूलो अन्तराल देखाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्