७ जेष्ठ २०७८ शुक्रबार
हिमनाथ देवकोटा


हिमनाथ देवकोटाका लेखहरु :

१२ वर्षसम्म कुरुप भएको 'जंगल' हरियाली पार्ने प्रयास

रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ३ स्थित पर्यटकीय क्षेत्र गत्लाङ गाउँभन्दा केही माथि ठूलो जंगल छ । तर यो जंगलमा कुनै हरियाली छैन । रुखहरू डडेर कालो भएका छन् । केही रुख कुहिएर ढलेका छन् । केहीका हाँगाहरू भाच्चिएर भुइँमा यत्रतत्र छरिएका छन् । अलिअलि हाँगा भएर बसेका रुखमा पनि वर्षौदेखि पालुवा पलाएको छैन ।

रसुवागढी जलविद्युत आयोजनाको उपकरण जडानको काम १४ महिनादेखि ठप्प

इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको भोइठ हाइड्रो इण्डियाले गएको २०७६ चैत ८ गतेदेखि काम रोकेको थियो। कोरोनाको असर कम भएपछि ठेकेदारले ६ जनालाई निर्माणस्थलमा ल्याएको थियो। बाँकी कामदार अझै आउन सकेका छैनन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा होम आइसोलेसन किट वितरण सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट वितरण गर्न सुरु गरेको छ ।

रसुवामा थप १० दिन निषेधाज्ञा

रसुवामा थप १० दिन निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी १० दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।

गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसन किट वितरण गर्ने

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट निःशुल्क उपलब्ध गराउने भएको छ ।

रसुवा भन्सारः दश महिनामा लक्ष्यको तुलनामा आधा पनि राजस्व उठेन

चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन। कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो। २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ।

जलविद्युत् आयोजनाको मनपरीः जथाभावी जंगल फँडानी, बिरुवा रोप्न अटेर

रसुवा र धादिङको सीमाक्षेत्र सोमदाङमा ९ वर्षअघि सुरु गरिएको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । आयोजनाको पहुँचमार्ग तथा थप संरचना निर्माणको लागि १ सय ४१ वटा रुख कटान भइसकेको छ । काटिएका रुखमा गोब्रे सल्ला र धुपीसल्लो जातका छन् ।

रसुवाका दुई जलविद्युत् आयोजनाद्वारा ५७ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना र सान्जेन जलविद्युत् आयोजनामा रहेका अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि आयोजना तथा आयोजना निर्माण गर्ने ठेकेदारले खाली सिलिन्डर हस्तान्तरण गरेका हुन्।

निषेधाज्ञाको समयमा ‘बजारको अवस्था’ बुझ्न अनुगमन

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण लगाइएको निषेधाज्ञाको समयमा बजारको अवस्था बुझ्नका लागि जिल्लाको दुई स्थानमा बजार अनुगमन गरिएको छ ।

रसुवागढी नाका जोड्ने सडकमा धमाधम कालोपत्रे गरिँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ सडकखण्डमा कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिइएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै निषेधाज्ञा भएको समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कामलाई तिब्रता दिइएको हो ।

रसुवागढी आइसिपीको ५८ प्रतिशत काम सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५८ प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको साढे २ वर्षमा करिब ५८ प्रतिशत काम सकिएको हो।

रसुवामा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा

रसुवामा सोमबार राति १२ बजेबाट निषेधाज्ञा लगाइने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञा लगाउने निर्णय गरिएको हो।

रसुवागढी नाका जोड्ने सडक खण्डको पोल सार्ने काम अन्तिम चरणमा

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको लागि पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ।

नाकामा कार्यरत मजदुर सवारी चालकलाई स्वास्थ्य सामग्री वितरण

रसुवागढी नाकामा कार्यरत मजदुर तथा सवारी चालकको लागि स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा कार्यरत ५२ जनाका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

रसुवाको एकै गाउँमा ४३ जनामा कोरोना संक्रमण

रसुवाको नौकुण्ड गाउँपालिका–५, भोर्लेका एकै गाउँका ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ४६ जनाको परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्