निजी आवास निर्माण अन्तिम चरणमा
रसुवामा भूकम्प गएको साढे चार वर्षपछि निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। अनुदान सम्झौता गरेकामध्ये करिब ९० प्रतिशत घर बनिसकेका छन्। निजी आवास पुनर्निर्माणको समयसीमा सकिन लागेपछि प्रभावितले आवास निर्माणलाई तीव्रता दिएका हुन्।
