लाङटाङमा सडक निर्माण सुरु
पर्यटकीय क्षेत्र लाङटाङमा सडक निर्माणको काम सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ खाम्जिङदेखि लाङटाङको थाङस्यापसम्म जोड्ने कृषि सडकको निर्माण कार्य सुरु गरिएको हो।
पर्यटकीय क्षेत्र लाङटाङमा सडक निर्माणको काम सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ खाम्जिङदेखि लाङटाङको थाङस्यापसम्म जोड्ने कृषि सडकको निर्माण कार्य सुरु गरिएको हो।
रसुवाका १ हजार १५ परिवार बसिरहेका बस्तीहरू सुरक्षित छैनन्। भूकम्पका कारण जमिन चिरिएर तथा पहिरो गएर ती बस्तीहरू असुरक्षित बनेका हुन्।
चीनको केरुङबाट अवैध रुपमा सुन ल्याउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको तिप्लिङ घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा बस्दै आएका ३९ वर्षीय जलबहादुर तामाङ रहेका छन्।
रसुवाकी १६ वर्षीय बालिका बलात्कार गरेकाे आरोपमा तीन जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।
उपभोक्ता समितिले सडक निर्माण गर्न नसकेपछि माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य पछि धकेलिएको छ।
रसुवागढी भन्सार कार्यालयले मंसिर महिनामा लक्ष्यभन्दा ६४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। मंसिर महिनामा ९९ करोड २७ लाख १० हजार राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ।
रसुवागढी नाका हुँदै एक महिनामा ४० देशका पर्यटक नेपाल आएका छन्। गत नोभेम्बर महिनामा विभिन्न ४० देशका एक हजार दुई सय आठ पर्यटक नेपाल आएका हुन्।
तस्करले मालागढीलाई सुन तस्करीको ‘ट्रान्जिट’ बनाउन थालेका छन्। रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन्। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–१ थुमनस्थित मालागढीमा सुरक्षा निकायको उपस्थिति छैन।
भूकम्पले पूर्ण क्षति भएका जिल्लाका दुईवटा विद्यालय पुनर्निर्माणका लागि बल्ल सर्भे सुरु भएको छ। भूकम्पको ४१ महिनापछि नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे थालिएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाले गाउँबाटै प्रतिलिपि नागरिकता वितरण सुरु गरेको छ। २०५५ साल यता जारी भएका नागरिकताको प्रतिलिपि जिल्लाको नौकुण्ड गाउँपालिकाको केन्द्र पारच्याङबाट वितरण सुरु गरेको हो।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधनको काम सकिएको छ।
रसुवामा चौरी पाल्ने कृषक घट्दै गएका छन्। भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण हुन नसक्दा कृषकले चौरी पाल्न छाडेका हुन्।
भन्सार छलेर ल्याइएका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेकाे छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भन्सार छलि ल्याएकाे करिब १५ लाख मुल्य बराबरका जुत्ता तथा क्याप सशस्त्रले बरामद गरेकाे हाे।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस निर्माणको काम सुरु भएको छ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा सञ्चालित विद्यालयका विद्यार्थी यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा तयारीका लागि काठमाडौं गएका छन्।
