२५ श्रावण २०७७ आइतबार
शोभा ज्ञवाली
aakriti72@gmail.com or shova.gyawali@nagariknews.com

शोभा ज्ञवालीका लेखहरु :

कोभिड १९

झण्डै चार महिनादेखि सारा संसार कोभिड-१९ को विश्वव्याधिका कारण हल न चलको अवस्थामा छ । दिन प्रतिदिन कोभिड-१९ रोगका भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

सुन्न नपाएको उत्तर

झन्डै वर्ष दिन पछि, एक दिन म त्यही कफी सपमा एक्लै कफी पिइरहेकी थिएँ। लामो दारीसहित मलिन अनुहार लिएर ऊ मतिर आइरहेको थियो, तर मलाई देख्नेबित्तिकै फर्कियो। मैले दिलमा चोट पाएको महसुस गरेँ। उसले किन नचिनेको जस्तो ग-यो ? सम्झिएँ– मैले नै उसलाई नभेट्न भनेकी थिएँ।

अस्तित्व

‘घर बस्दाबस्दा वाक्क भैसकेँ म ।... म पनि त मान्छे हुँ ! मलाई पनि त घुम्न मन लाग्छ ! सपिङ गर्न मन लाग्छ । साथीभाइहरुसित घण्टौँ गफ गरेर बरालिन मन लाग्छ । आफ्नो खुसीको लागि केही गर्न मन लाग्छ ।’

महामारीले पनि महिलालाई नै सताउँछ

सोच नै गलत भएपछि महिलामैत्री संरचना बनोस् पनि कसरी ? त्यसैले अहिले महिलाले भोगिरहेका समस्याको मुख्य कारण धेरैजसो मानिसका दिमागमा विद्यमान गलत सोच र संरचना नै हो भन्नेमा द्विविधा छैन।

सम्झना आमाको

जब गर्भमा सन्तान बस्छ, त्यतिबेलैदेखि आमामा सन्तानप्रति अगाध माया उत्पन्न हुन्छ। अर्थात आफ्नो सन्तानलाई माया दिनुपर्ने शिक्षा उनलाई कसैले दिनैपर्दैन। यही स्वतस्फूर्त उत्पन्न मायाको स्रोत जिन्दगीभर सुक्दैन। आफ्ना सन्तानप्रति मायाले अविरल सिँचित गर्न लालायित हुन्छिन् उनी।

आमाको भाव

छोरीको बिदाई गर्ने काम साह्रै गाह्रो रहेछ ! मनलाई थाम्न नसकिने, आँशुलाई रोक्न नसकिने ! गएको महिना मैले मेरी छोरीलाई ‘पराइघर’ बिदा गर्नुपर्‍यो । त्यो बेला अनायाश नै छोराका आँखा रसाए, मेरा आँखा वर्षिए ।

बुहारी भित्रिएको क्षण

आँखा अनायासै भित्ताको घडीमा पुगेछ, पेन्डुलमको चालसँगै सुईले संकेत गरेको थियो– रातको २बज्यो। कोही घुरिरहेका, कोही कोल्टे फेराइको प्रयास गर्दैत कोही मस्त निद्रामा थिए।

सम्झना

मायाको महिना फेब्रुअरी ! नजिक भए आँखामा आँखा जुधाएर पुराना दिन सम्झने अनि टाढा भए उसैको साथमा छुझैँ घण्टौँ उसैको कल्पनामा हराउने महिना !

सधैँको प्रश्न, के हो नारी जीवन ?

भनिन्छ, समाज एउटा सोच्न सक्ने, अवलोकन गर्न सक्ने, मूल्याङ्कन गर्न सक्ने, एउटा विवेकशील जमात हो तर बेलाबेलामा यो विवेकशील समाजले विवेक गुमाउँछ । जब कुनै अनपेक्षित घटना घट्छ, त्यस्तो बेलामा विवेकशील समाजले त्यसलाई विनयी प्रत्युत्तर दिनुपर्ने हो तर त्यस्तो हुँदैन । अझ एक कदम अघि बढेर उत्तेजना र उद्वेलित बनाउन स्वयं समाज लागिपर्छ ।

नारी संवेदनामा खेलबाड: कहिलेसम्म ?

महिला मनोरञ्जनका साधन हुन् ? ती र तिनका सवाल बिक्रीका वस्तु हुन् ? नारीका पीडा र वेदना पाठक/दर्शक तानेर आम्दानी बढाउने फिल्मी कहानी हुन् ?

मित्रताको उपहार

माघे झरी तीन–चार दिनदेखि रोकिएकै थिएन । एक त माघ, त्यसमाथि झरी थपिएपछिको जाडोको के कुरा ! जाडोले कुँडुलिएर बस्नेहरुकै वाहुल्य थियो । घरिघरि झ्यालबाट बाहिर हेर्दा एकादुई प्राणी चलमलाएको देखिन्थ्यो । यस्तोमा बाहिर जाने मन कसैलाई थिएन भने पूजालाई त झन् केको हतारो होस् ।

सामाजिक सञ्जालको जञ्जाल

डेढ दशकयता सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव ल्याएका छन् । कतिपय अवस्थामा यो प्रभाव सकारात्मक पनि छन् र कतिपय अवस्थामा नकारात्मक पनि ।

सेलिब्रिटी माया

आज कलेजबाट छिटो फर्केर खाना पकाइवरी खाना खाएर म आफ्नो कोठामा टिभी हेर्न बसेँ । आज मैले मन पराएको मान्छेको टिभीमा अन्तर्वार्ता थियो । उनी बोली रहेकी थिइन् । मलाई उनको हरेक शब्द, हाउभाउ, हाँसो सबैसबै मन पथ्र्यो । उनको अभिव्यक्त गर्ने विचारधाराले मलाई एउटा बाटो देखाउँथ्यो । म सधैँ उनलाई इन्स्टाग्राम, ट्वीटर, फेसबुक सबैमा पछ्याउँथे । मेरो हरेक धड्कनमा उनी थिइन् ।

कहर होइन क्यान्सर

यस पृष्ठमा सधैँभरि मैले समाजमा भएका साना–ठूला कुराहरु उठाउने गरेकी छु । समाजमा देखिने कतिपय साना कुराको प्रभाव ठूला हुन्छन् ।

पर्खपर्ख मार्दी, म भेट्न आउँछु

दसैँ भर्खरै सिद्धिएको त थियो तर सबैको मनबाट दसैँको रमाइलो ओर्लिसकेको भने थिएन । यस्तोमा थोरै समय उबारेर हिमाल नजिक जान पाए हुन्थ्यो भन्ने मनमा इच्छा थियो । त्यसैले परिवारको स्वीकृति पाएको एक घण्टाभित्रै म पोखरा उडिसकेकी थिएँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्