७ वैशाख २०८१ शुक्रबार
होमप्रसाद लम्साल


होमप्रसाद लम्सालका लेखहरु :

अमेरिकी राष्ट्रपति निर्वाचन कसरी हुन्छ ?

यसपाली अमेरिकी राजनीतिमा लोकतन्त्र खतरामा पर्ने संकेत भन्दैछन्। चुनावी अभियानमा क्रममा रिपव्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गर्दै डेमोक्र्याट उम्मेदवारहरुले लोकतन्त्र बचाउनका लागि भन्दै अमेरिकी जनतालाई मतदानमा सक्रिय हुन आव्हान गरिरहेका छन।

अमेरिकामा रहेका नेपाली मुलका डाक्टरको आग्रह : डा. केसीको माग पुरा गर

नेपाल अमेरिका मेडिकल फाउन्डेसनले २५ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन्। अमेरिकामा कार्यरत नेपाली डाक्टरहरुको संस्था मेडिकल फाउन्डेसनले तत्काल डाक्टर केसीको माग पुरा गर्न र उनको जीवन रक्षाका लागि पहल गर्न नेपाल सरकारसँग आग्रह गरेको अध्यक्ष भुपेश खड्काद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी राष्ट्रपति चुनावमा एक लाख नेपाली भाषी मतदाता

अमेरिकी राष्ट्रपति निर्वाचनमा एक लाखभन्दा बढी नेपाली भाषी मतदाता सहभागी हुने देखिएको छ। पछिल्लो मतदाता नामावली सार्वजनिक हुँदा डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यरिटीले दिएको जानकारी अनुसार नेपाली मतदाता ५० हजार भन्दा बढी र नेपाली भाषी भुटानी ५० हजारको हाराहारीमा रहेको उल्लेख छ।

नेपाली मुलका वैज्ञानिक डा. कुँवरले पत्ता लगाए डरको 'कन्ट्रोल'सम्बन्धी नयाँ तथ्य

अमेरिका, नेपाली मुलका वैैज्ञानिक डा. प्रभातसिंह कुँवरले मानिसमा डरको ‘कन्ट्रोल’ मस्तिष्क अर्थात ब्रेनले कसरी गर्दछ भन्ने विषमा नयाँ तथ्य पत्ता लगाएका छन। सन् २०१५ बाट अनुसन्धान शुरु गरेका डा. कुँवरको अनुसन्धानको पूर्ण पाठ बुधबार अमेरिकी समयानुसार नेचर नामक साईन्स जर्नलमा छापिएको छ।

टोरोन्टो घोषणापत्र जारी गर्दै सकियो एनआरएन अमेरिकाज् क्षेत्रको विज्ञ सम्मेलन

शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज् क्षेत्रको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ सम्मेलन आज आईतबार साँझ टोरोन्टो घोषणा पत्र जारी गर्दै सकिएको छ। कार्यक्रमको उद्घाटन परराष्टमन्त्री प्रदिप ज्ञवालीले अनलाईन माध्यमबाट गरेका थिए।

अमेरिकामा ११ लाख विद्यार्थी समस्यामा, ७० हजार नेपाली प्रभावित हुने

कोरोना भाइरसका कारण अमेरिकामा रहेका अधिकांश विश्वविधालयहरु अनलाइनमार्फत कक्षा सन्चालन गर्न थालेपछि अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले अनलाइनबाट मात्र कक्षा लिने विधार्थीहरु गैरकानुनी बन्ने नीति अख्तियार गरेपछि हार्वर्ड र एमआईटी अदालत गएका छन्। बुधबार विश्वकै उच्च स्तरमा गनिएका यी दुई विश्वविद्यालयहरुले म्यासाचुयट्सको अदालतमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नियमविरुद्ध मुदा दायर गरेका छन्।

एनआरएनए अमेरिकाको साधारणसभा तथा विज्ञ सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वार्षिक साधारणसभा तथा विज्ञ सम्मेलनको सम्पन्न भएको छ । कोरोना भाईरसको कारण यस साधारणसभा तथा विज्ञ सम्मेलनको जुम प्रविधिबाट गरिएको थियो । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश आप्रवासीका लागि इतिहासकै कठोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेकाे कार्यकारी आदेशमार्फत आफ्नो अनुदार आप्रवासी नीतिलाई अझ कडाईका साथ निरन्तरता दिएका छन्।आप्रवासीका क्षेत्रमा काम गर्ने ज्ञाताहरुका अनुसार गत सोमबार जारी कार्यकारी आदेश अमेरिकी आप्रवासी ईतिहासकै कठोर मानेका छन्। राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुन गईरहेको राष्ट्रपति चुनाव केन्द्रित गरेर कार्यकारी आदेश जारी गरेको आप्रवासी कानुनका जानकार एटोर्नी डिल्लीराज भट्टले नागरिकन्यूजलाई बताए।

कोरोनाबाट अमेरिकामा अर्का नेपालीको निधन

कोरोना संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। कनेक्टिकटमा एक नेपालीको निधन भएको हो। पुर्ख्यौली थलो पोखरा भएका राज सेन ठकुरीको आज निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्।

दिवेश अमेरिकन आइडलमा उपविजेता

अमेरिका- नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता भएका छन्। टप दुईमा पुगेर मतका आधारमा उनि बाहिरिएका छन्। अमेरिकन आइडल भने २१ बर्षकी जस्ट सम बनेकी छिन्। आजको भएको शोमा टप फाइभमा पुगेका उनी भोटिङ मार्फत टप टुमा पुगेका थिए।

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा

'अर्थर गन' ले परिचित दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन्। उनले आइडलमा सुरुदेखि नै प्रसंशा बटुल्दै आएका छन्।

कोरोना संक्रमणवाट अमेरिकामा अर्का एक नेपालीको निधन

अमेरिकाको भजिर्निया राज्यको सेन्टरभिल शहरमा बस्दै आएका अर्का एक नेपालीको आज कोरोना संक्रमणबाट निधन भएको छ ।

कोरोना संकटमा के गर्दैछन् नेपाली महावाणिज्यदूत र पर्यटनदूतहरु ?

कोरोना भाईरसले संसारमा आतंक मच्चाईरहँदा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा महामारीसंग लड्न आ-आफ्नो समुदायहरुबीच सहयोग आदन प्रदान जारी छ। कुनै पनि संस्थाको महत्व र काम संस्थाले गर्ने काम र भूमिकाले निर्धारण हुन्छ। अमेरिकास्थित नेपालीको प्रतिनिधित्व गर्न स्थापित सरकारी निकाय र प्रतिनिधिहरुले कस्तो काम गरी रहेका छन् भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।

अमेरिकामा कोरोनाबाट अर्का नेपालीको निधन

कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ ।

न्यूयोर्कमा थप एक नेपालीको कोरोनाका कारण निधन

अमेरिकाको न्यूयोर्कमा अर्का एकजना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ६९ वर्षिय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्