३० असार २०७७ मंगलबार
डा. प्रेमसिंह बस्न्यात


डा. प्रेमसिंह बस्न्यातका लेखहरु :

धेरैपटक लडाइँ भएको मकवानपुर दरबार

१८१४ डिसेम्बरको अन्तिम दिन अंग्रेजको नयाँ वर्ष सुरु हुने रातमा समनपुर, बारा गढी र पर्सा गढीमा एकै रात र एकै समयमा हमला गर्दा सबैतिर अंग्रेजको ठूलो नोक्सान भयो । सबै भागे । आश्चर्यको कुरा त अंग्रेज डिभिजन कमान्डर मार्ले नै युद्ध भूमिबाट भागे । ऊबेलादेखि आजको दिनसम्मको पहिलो र अन्तिम घटना बनेको छ । यसरी पहिलो चरणमा नेपालले पूर्ण रुपले अंग्रेजलाई हरायो ।

पहिलो प्रतिरक्षा विश्वविद्यालयलाई ५ सुझाव

रक्षा मन्त्रालय तथा नेपाली सेनाको पहलमा खडा भएको यो संस्थाबाट आम नेपालीले देशलाई रिस गर्ने विद्वान् होइन, देशप्रेमी, अनुशासित, संस्कार, संस्कृति र इतिहासको सम्मान गर्ने र देशको खाँचो टार्ने दिमाग तयार पार्नेछ भन्ने अपेक्षा गरेका छन् ।

यी बुँदा हटाऊ

नेपाली सेनालाई अभियोजन गरी दण्डसजाय गर्ने र अर्को पक्षलाई उन्मुक्ति दिने उद्देश्यबाट मस्यौदा तयार भएको देखिन्छ। जुन स्वीकार हुन सक्दैन।

सेना दिवसको सान्दर्भिकता

सेना दिवस मनाउने चलन राजा वीरेन्द्रका पाला र प्रधानसेनापति महारथी सत्चित शमशेर राणाको कार्यकालबाट सुरु भएको हो। संसारका प्रायः सबै सेनाले आफ्ना दिवस मनाउँछन्।

नेपाली सेनाको नियति

पुष्पकमल दाहाल प्रधानमन्त्री तथा रुक्मांगद कटवाल प्रधानसेनापति भएका बेलामा जस्तै नेपाली सेनालाई आँखाको कसिंगर ठान्ने पक्षले ‘प्रधानसेनापति प्रकरण’ दोहो-याउन सक्छन्।

कूटनीतिक समाधानको कडी

नेपाल–चीन सम्बन्ध पौराणिककालदेखि वर्तमानसम्म बढिरहेको छ। यो अवधिमा धेरै घटना घटे। चीनले नेपालको विकासका लागि अनगिन्ती सहयोग दिएको छ भने दुवै देशबीच स्थिर सम्बन्ध विकास भइरहेको छ।

चीन चासो

चीनसँग नेपालको सैनिक मामिला केलाउँदा नेपालले राजकुमार बहादुर शाहको नायवीमा २ पटक र जंगबहादुर राणाको पहलमा १ पटक गरी ३ पटक (२ पटक तिब्बतसँग मात्र र १ पटक चीन र तिब्बतसँग) युद्ध लड्यो। ती युद्धहरू व्यापारिक कारणसँगै सम्बन्धित थिए। प्रमाण हेर्दा ३ पटक नै नेपालले हमला सुरु गरेको छ। दोस्रो पटक नेपालले तिब्बतका केही भाग कब्जा गरी तिब्बतमा सेना तैनाथ गरेको थियो। त्यही बीचमा तिब्बतको अनुरोधमा चिनियाँ फौज नेपलीबाट तिब्बतलाई स्वतन्त्र गराउन तिब्बत आइपुग्यो।

प्रतिरक्षा मामिलामा प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्दै गरेको सम्बन्धमा नेपालको प्रतिरक्षा मामिलाबारे केही सुझाव दिन चाहन्छु। हामी नेपालीले बुझ्नैपर्ने र परदेशीलाई बुझाउनुपर्ने तथ्य के हो भने नेपाल ३ हजार वर्षभन्दा अगाडिबाट नै स्वतन्त्र छ। यो देश वर्तमान नेपालभन्दा धेरै ठूलो थियो।

किन कद घटाउँदैछाैं हामी ?

२०६३ सालपछि भन्ने गरेको २४० वर्षे नेपाली सेना । मतलब १८२५ मा कान्तिपुर (नेपाल) जितेपछि मात्र नेपाली सेना भएकाले २४० वर्ष भनिएको रे । यो माओवादीको भनाइ थियो । प्रधानसेनापतिको फुली लगाएर पनि यही कुरो बोले र इतिहास लेखाए, एक जनाले । यो सेनाकै दुर्भाग्य हो । १६१६ देखि १८२५ सम्म नेपाली सेनाले गरेका एकीकरण युद्ध, बंगाली फौज र अंग्रेजी फौजसँगको युद्ध कसको नेतृत्वमा कुन देशका फौजले गरे त ?

सुरक्षा-प्रतिरक्षा शिक्षा

नेपालमा हरेक दशक व्यवस्था फेरिन्छ । राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र आदि नामका व्यवस्था फेरिइरहेका छन् । तर, ‘मेरो नेपाल’ भन्ने भावना मेटिँदै गएको छ । आफ्नो भाषा, संस्कार, संस्कृति, पोसाकमा वितृष्णा बढेको देखिन्छ । देशवासीको ओरालोलाग्दो राष्ट्रप्रेम र उकालो लाग्दो वैराग्यलाई मनन गरी सो पक्षको रोकथामका लागि देशले आफ्नो शैक्षिक पाठ्यक्रम परिमार्जन गर्न जरुरी छ ।

दुःस्वप्न

यो लेख पढेर पंक्तिकारलाई कसैले पुरातनवादी, कसैले पश्चगामी पनि भन्लान् । नेपालको करिब तीन हजार वर्षदेखिको राजनैतिक इतिहास पढ्ने हो भने र यसको नजीर हेर्ने हो भने छोटो समयका लागि नेपाल विशाल हुने अनि निकै लामो समय टुक्रने गरेको देखिन्छ । अनि बीच बीचमा कुनै राजाले लडाइँभिडाइ गरी पुनः ठूलो बनाउने गरेका रहेछन् । पछिल्लो उदाहरण हेर्ने हो भने सिञ्जाका राजा जितारी चल्ल (मल्ल) को राज्य । पूर्वमा सिम्रौनगढको राज्य र मध्य नेपालमा मल्ल राज्य ।

सेनाको अधिकार : ख्वै बहस ?

यस लेख नागरिक समाज, मानव अधिकारकर्मी, सेनाको नाम पनि सुन्न नचाहने विदेशमैत्री नेपाली लेखक र नेपाली सेनालाई ‘स्थायी सत्ता’ भनेर सधैँ घार्मे हात लगाउने छिमेकमैत्री कलमजीवीलाई अचम्म लाग्न सक्छ । हो, नेपाली सेनालाई अन्याय भएको छ । अर्को शब्दमा भन्नुपर्दा नेपाली सेना झण्डै ‘नो म्यान्स ल्यान्ड’ मा छ ।

सेनालाई सधैँ शंका किन?

देशको राष्ट्रिय सुरक्षाका लागि कलम, तरबार, बन्दुक, पैसा, विद्वान्, सञ्चार, बुद्धि सबै चाहिन्छ। सरकारले सेनालाई काम गर्न दिनु बाध्यता हो कि रहर? कुनै पनि देशको सेनाले ठेक्कामा बाटो खन्दैन। तर नेपाल सरकारले नै हो सेनालाई ठेकेदार बनाएको।

डोकलम-युद्ध हुँदैन

डोकलम–खटपट युद्धमा परिणत हुँदैन। चीनले उसको विश्व रणनीतिमा अर्को १० वर्षसम्म भौतिक युद्ध लड्दैन। 'लो प्रोफाइल'मा बसेर विश्वको नम्बर एक धनी देश बन्नुछ। तिब्बत, हङकङ, ताइवान, मकाउलगायतका भूभागमाथि 'पूर्ण नियन्त्रण' गर्नु उसको ध्येय रहेको छ। यो क्षेत्रमाथि पश्चिमले खेलबाड गरिरहेको चीनलाई प्रस्ट थाहा छ।

प्रतिरक्षा नीतिबाहिर सेना-प्रहरी

सत्र हजार नेपाली मारेर आउने नेताजी र टाउकाको मूल्य ५० लाख तोक्ने नेताजी समेत तिनै ५/६ थान अंगीकृतको घोडा भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्