बालगृहका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन
अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।
अभिभावकविहीन बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्मार्ट फोन सहयोग गरिएको छ।
अबिरल बर्षासँगै हिलाम्मे सडकबाट चिप्लिदाँ जिपमा सवार ६ जना घाइते भएका छन्। बुधबार साँझ मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि कुहुँ पुर्णगाउँ जाने क्रममा मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो।
श्रीषको पशुपालन तथा बहुद्देश्यीय कृषि फार्ममा शतप्रतिशत शुद्ध बोएर बाख्रा मात्रै छन्। एक दशकअघि खाडीबाट फर्किंदा श्रीष रित्तै थिए। उनले अन्तर्राष्ट्रिय ढुवानीमा काम गर्दा समेत प्रशस्त कमाइ गर्न सकेनन्। श्रीषले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोएर बाख्रा खरिद गरे।
आइतबार विहानै घरबाट विद्यालयमा आएका प्रअ कार्की रातीसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य गर्दा सोमबार विहान विद्यालय नजिकै म्याग्दी नदीमा लुगा, मोवाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरी अनुसन्धानमा जुटेको प्रहरीले एक यूवालाई कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड पहिरो र कालीगण्डकी नदीको कटानले छियाछिया परेको छ।
म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन सिर्कुममा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।
अविरल वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा करिब ६० भन्दा बढी घरधुरी विस्थापित भएका छन् । तीन दिन देखि भइरहेको भारी वर्षाले जिल्लाभर वितण्डा मच्चाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै म्याग्दीमा निषेधाज्ञा एकसाताका लागि थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले नदीजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर र एक स्काभेटर नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–६ चुत्रेनीस्थती खोलामा गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन दोहनमा प्रयोग गरिएको ध १ त ५८२, ग १ त ५४४८ र ध १त ५३२८ नम्बरको ट्याक्टर र बा १क ६४०३ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका बेनी नगरपालिका–६,डम्बराका ५५ वर्षीय एक मधुमेहका बिरामीको अचानक मुटुको चाल बन्द भयो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ दिपबहादुर खत्रीको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो ।
गाउँमा अस्पताल नहुँदो हो त सायद आमालाई पोखरासम्म लगेर पनि बचाउन मुस्किल थियो । तर, गाउँमा अस्पताल भएकै कारण बेलैमा उपचार गराउन पाउँदा ज्यान जोगियो ।
सहरबजारसँगै ग्रामिण क्षेत्र समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा भने यतिबेला धान रोप्ने चटारो चलेको छ । असार महिनामा जस्तै किसानहरु व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् ।
म्याग्दीमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञाको अवधि तेस्रो पटक थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आइतबार बसेको बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई लम्बाइएको छ।
संसारको सातौं अग्लो धौलागिरी हिमालको आरोहणका क्रममा आरोहीले गरेको फोहरको डंगुर नेपाली सेनाको एक टोलीले संकलन गरेको छ ।
कोरोना संक्रमितले अपमान हुने डरका कारण सकेसम्म लुकाउन समेत खोजेको देखिन्छ। तर, म्याग्दीको एक गाउँमा कोरोना संक्रमित भएर आएकालाई गाउँलेले सम्मान र प्रोत्साहन सहित निशुल्क भोजनको व्यवस्था मिलाएका छन्।
