मुस्ताङका होटल नौ महिनापछि खुले
कोरोना भाइरस संक्रमणका कारण बन्द भएका हिमालपारिको जिल्ला मुस्ताङका होटल नौमहिनापछि खुलेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण बन्द भएका हिमालपारिको जिल्ला मुस्ताङका होटल नौमहिनापछि खुलेका छन् ।
आमाले दोस्रो विवाह गरेको र बुबा दुवै मिर्गाैलामा खराबि आएपछि ती बालबालिका अप्ठेरोमा परेका थिए ।
बिरामीलाई आवश्यक पर्ने अक्सिजन उत्पादन सुरु भएसँगै अक्सिजनका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङले वर्तमान सरकार चौतर्फी आलोचनाको घेरामा परेको बताएका छन्। पार्टी एकताको मर्म, भावना र निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता पुरा गर्ने तर्फ सरकारले ध्यान केन्द्रित गर्न नसकेको बताएका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्ला तहको विद्यार्थी संगठनमा समेत देखिएको छ। पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागी हुन आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगत भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन्।
बेनी नगरपालिका–९ घतानकी दलित महिला सदस्य गोरी दर्जीलाई तीनवटा मन्दिरले आयोजना गरेको कार्यक्रममा अपमान गरियो। गैरदलित जनप्रतिनिधिलाई टीका लगाएर सम्मान गरे पनि आयोजकले दर्जीलाई भने दलित भएकै कारण हातमा अबिर र माला दिए।
पछिल्लो समय म्याग्दीको रघुगंगा गाउँपालिका जलविद्युतको ‘हब’ बन्दै गइरहेको छ । उच्च हिमाली क्षेत्र हुँदै बग्ने राहुघाट नदीबाट आधा दर्जन भन्दा बाढी जलविद्युत आयोजना लाइसेन्स प्राप्त गरेका छन् भने विद्युत प्राधिकरण र निजी क्षेत्रबाट ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित दुई ठूला आयोजनाको काम धमाधम अघि बढिरहेको छ।
बन्द रहेका प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर, महारानी थान र अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ
म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको आइतबार शिलान्यास गरिएको छ। टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गरे।
म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन्।
चिसो मौसममा पर्यटकको आगमन न्यून हुने भएपनि हिमपातमा रमाउन आन्तरिक पर्यटकहरुको चाप बढ्ने पर्यटन ब्यवसायीको अनुमान छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ ।
‘जातिय विभेद विरुद्ध बोल्दा वडा सदस्यबाट राजिनामा समेत मागियो,‘मैले समाजका लागि धेरै गर्न जनप्रतिनिधि भएर आएको थिए’ उनले भनिन्। दलित भएकै कारण गाउँमा आफुलाई हुर्ने दृष्टिकोण समेत फरक रहेको र गैरदलित एकजुट भएर घेराबन्दी गर्ने गरेको दर्जीको गुनासो छ।
मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१, बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भिडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे।
म्याग्दीमा यसवर्ष ६ सय गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छाना हटाएर जस्तापाता लगाइने भएको छ।
