म्याग्दीमा टेलिकमको ‘फाइवर टु दि होम’ सेवा सुरु
नेपाल टेलिकम म्याग्दीले फाइबर टु द होम सेवा सुुरु गरेको छ।
नेपाल टेलिकम म्याग्दीले फाइबर टु द होम सेवा सुुरु गरेको छ।
धवलागिरी गाउँपालिका–५, मल्कवाङका सोनु सिर्पाली पैदल यात्राको क्रममा बाटोमा लडेर घाइते भए। सडकमा बज्रिएपछि सिर्पालीको हात, खुट्टामा समस्या देखियो। शरीर नचल्ने अवस्थामामा पुगेपछि विभिन्न अस्पतालमा उपचार गरी फर्किएका सिर्पालीको हातखुट्टा सुन्निन थालेपछि श्रीमती दिलु सिर्पालीको साहरामा बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आए। एउटा हातमा बैसाखी र अर्को हातमा श्रीमतीको साहराले कुण्डमा आएका सिर्पालीले पाँचदिन स्नान गरेपछि अहिले आफ्नै खुट्टाले विस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र पुग्छन्।
म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की अनमी बनिका गर्बुजाले दैनिक बिरामीको चेकजाँचसँगै वडा सचिवको जिम्मेवारी पनि निर्वाह गर्छिन्। दैनिक बिरामीको चेकजाँच गर्ने, बिरामीलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराउने, जटिल समस्या भएकालाई तत्कालै बेनी अस्पतालमा पठाउने बाहेक उनले वडा कार्यालयमा सेवाग्राहीको सिफारिसलगाएत प्रशासनिक काममा समेत व्यस्त हुनुपर्छ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतबारसाँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन्। सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही भएका छन्।
‘राष्ट्रिय आविष्कार केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले ६ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले वैदेशिक रोजगारमा सिकेका सीप, ज्ञान, क्षमता र पूँजीलाई आफ्नै जन्मूभिममा उपयोग गर्न अनुरोध गरेकी छिन्।
थोरै पैसामा सुरक्षित र छोटो समयमै समुद्री तथा स्थलमार्ग हुँदै अस्टे«लिया पुगिने सपना देखाएर सात महिनाअघि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिताउन बाध्य भइन्। ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनालाई अस्ट्रेलिया पु¥याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो। इन्डोनेसियामा बन्धक बनाइएका उनीहरूले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुप¥यो।
पानी परेको छैन भनेर तल्लो तटीय क्षेत्रमा ढुक्कले बस्ने अवस्था छैन। तल पानी नपरे पनि सिरानबाट एकाएक बाढी आउँछ।
गुर्जाको लाच्थावाङ र घुर्म खोलामा बुधबार एकाएक बाढी आयो। धवलागिरी गाउँपालिका–१ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो। बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट¥यो। बुधबार दिउँसो नै लम्जुङको दोर्दी खोलामा एक्कासि आएको बाढीमा परेर पाँचजनाको मृत्यु भयो। बाढीमा बगेका केही अझै बेपत्ता छन्। दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ताँजेगाउँभन्दा माथि मेमेपोखरीदेखि तलको क्षेत्रमा पहिरो गएर नदीको बहाव थुनिएको र पछि फुट्दा एक्कासि बाढी आएको अनुमान गरिएको थियो। तर खोलामा पानीको बहाव नघटेकोले पहिरोले नदी थुनिएको अनुमान गलत रहेको जिल्ला प्रशासनको भनाइ छ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ घारमा उत्पादित चिज अफ सिजनमा बिक्री नहुँदा कृषक समस्यामा परेका छन्। दैनिकजसो उत्पादन हुने चिज भण्डार कक्षमा टन्नै भए पनि बजार अभावका कारण बिक्री हुन सकेको छैन।
चरम गरिबीका कारण छोराछोरीलाई पेटभरी खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेका थिए। तर, गरिबीका कारण अमबहादुरले संसार छोडे पनि उनको परिवारलाई भने दुःखले छोडेको छैन।
बेलायती सेनामा हिमचितुवाको नामले चिनिने निर्मल पुर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)बाट अभियानको सुरुवात गरेका थिए।
गण्डकी प्रदेश सरकार वर–पिपल संरक्षणको अभियानमा छ। प्रदेश सरकार वर–पिपल जोगाउने अभियानमा लागिरहेका बेला म्याग्दीको एक स्थानीय तहले भने बेनीबजारमा रहेको करिब सय वर्ष पुरानो पिपल काटेर व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने प्रयास गरेको छ।
जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय आकर्षक आम्दानीको रूपमा चिनिएको यार्सा टिप्न लेकतिर लागेका छन्।
