शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘पीआर’ को शीर्ष गीत मंगलबार सार्वजनिक भएको छ।
‘पीआरको चक्करले’ बोल रहेको गीतको भिडियोमा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई फिचर गरिएको छ।
गीतमा बिदेशिएका युवाहरुको संघर्ष र गुनासोको पक्षलाई रमाइलो तरिकाले समेटिएको छ।
यो गीतमा मानस राजको संगीत, मानस राज र समीक्षा अधिकारीको स्वर तथा निर्देशक बस्नेतको कोरियोग्राफी रहेको छ ।
सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र अगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: २३ मंसिर २०८२ १७:४५ मंगलबार




