२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

दशैँमा ‘चमेलीको पोइ’

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘चमेलीको पोइ’ दशैँको अवसर पारेर प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्षले मंगलबार उक्त चलचित्रको पोस्टर सार्वजनिक गर्दैप्रदर्शन मिति घोषणा गरेका हुन्।

पोस्टरमा सुरक्षा पन्त र अभिनेता मुकुन भुसाललाई प्रस्तुत गरिएको छ। जहाँ मुकुन भुईमा लडेका छन् भने उनको खुट्टा सुरक्षाले तानिरहेको देख्न सकिन्छ।

अर्को तर्फ सुरक्षाको प्रतिबिम्ब प्रस्तुत छ, जहाँ उनी शसक्त र केही उपलब्धि हासिल गरेर उभिएकी देखिन्छिन्।

पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, नारायण त्रिपाठी, विल्सन विक्रम राई, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य, विन्दु आचार्यलगायतको अभिनय रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा उदयविक्रम राणा, ऋतु मल्ल ठकुरी र कपील आचार्य हुन् भने, यसलाई एभरेस्ट सूर्य बोहराको निर्देशन तथा कथा रहेको चलचित्रको लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन्।

चलचित्र भने असोज १६ गतेदेखि प्रदर्शन आउँने तयारीमा छ।

प्रकाशित: २६ जेष्ठ २०८३ १६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App