२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

रत्नसंसार श्रेष्ठको पुस्तक विमोचन

रत्नसंसार श्रेष्ठद्वारा लिखित ‘नेपालको जलस्रोतको दुःख: दुस्साहस र कुविकासको एक शताब्दी’ पुस्तक विमोचन गरिएको छ। पुस्तकको विमोचन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गरेका हुन्।

राउतले लेखकले नेपालको जलस्रोतको अधिकतम उपयोगको आवश्यकतामा जोड दिएको बताए। जलस्रोत मन्त्रालयका पूर्वसचिव भुवनेशकुमार प्रधानले लेखक श्रेष्ठको संकल्प र समर्पणको प्रशंसा गरे।

प्राडा प्रचण्ड प्रधानले ऐतिहासिक तथ्यांक संकलन र विश्लेषणमा लेखक श्रेष्ठले गरेको सावधानी प्रयासको सम्मान गरे। पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले यस पुस्तकलाई नेपालको जलस्रोत इतिहासको सय  वर्षको विस्तृत दस्ताबेजीकरणका रूपमा वर्णन गरेका छन्।

लेखक श्रेष्ठ चार्टर्ड एकाउन्टेन्ट र जल अर्थशास्त्रका अनुसन्धानकर्ता हुन्। उनले पुस्तक बिक्रीबाट प्राप्त हुने रोयल्टी राष्ट्रलाई अर्पण गर्ने निर्णय गरेका छन्। एकता बुक्स डिस्ट्रिब्युटर्सद्वारा प्रकाशित यो पुस्तक ६ भाग र २५ अध्यायमा विभाजित छ। यसमा नेपालको जलस्रोत सम्बन्धमा नीतिगत असफलता र भविष्यका सम्भावनाको गहन अन्वेषण गरिएको छ।

प्रकाशित: २४ कार्तिक २०८२ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App