६ वैशाख २०८१ बिहीबार
कला

सोनाक्षीले दिइन् नेपालीलाई धन्यवाद

काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाईका अरोरा भूकम्प पीडितको सहयोगार्थ राजधानीमा डान्स प्रस्तुती दिएका छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना भएको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी अभिनेत्री सिन्हाले सबैलाई धन्यवाद दिएकी छिन्।'म सहभागी भएको शोलाई सफल बनाइदिनुभएकोमा धन्यवाद काठमाडौं। भूकम्प पीडितको सहयोगार्थ च्यारिटी शोमा सहभागि भएर सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ,' इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै अभिनेत्री सिन्हाले लेखेकी छिन्।

भूकम्प पीडितको सहयोगार्थ सैनिक श्रीमती संघले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा अभिनेत्री रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, प्रियंका कार्की, इन्दिरा जोशी, सुष्मा कार्की, केकी अधिकारी र सहाना बज्रचार्य लगायत प्रस्तुति दिएका थिए। कार्यक्रमलाई अल्पेनग्लो इभेन्ट्सले व्यवस्थापन गरेको थियो।

प्रकाशित: २ जेष्ठ २०७३ ००:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App