coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौंमा

काठमाडौं- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा शुक्रबार दिउँसो राजधानी आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको 'अमरपक्षी, राइजिङ फ्रम द एसिज' नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन्।सैनिक श्रीमती संघको निम्तोमा उनी राजधानी आएकी हुन्। शनिबार कार्यक्रमा सोनाक्षीसँगै आइटम डान्सर मलाइका अरोराले पनि प्रस्तुती दिनेछन्। भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले सैनिक श्रीमती संघले कार्यक्रमको आयोजना गर्दैछ।

कार्यक्रममा अभिनेत्री रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, प्रियंका कार्की, इन्दिरा जोशी, सुष्मा कार्की, केकी अधिकारी र सहाना बज्रचार्य लगायत प्रस्तुती दिनेछन्। कार्यक्रमलाई अल्पेनग्लो इभेन्ट्सले व्यवस्थापन गर्दैछ। अल्पेनग्लो इभेन्ट्सले यसअघि 'मोहित मुनाल, लाइभ इन नेपाल' नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो।

प्रकाशित: ३१ वैशाख २०७३ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App