८ वैशाख २०८१ शनिबार
कला

श्रेष्ठलाई ‘बधाईपत्र प्रदान तथा ‘शारदा’को स्वर्ण महोत्सव विशेष अंक’ लोकार्पण

साहित्यिक पत्रकार संघले संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठको ‘अमृत महोत्सव’को अवसरमा बधाई ज्ञापन र ‘शारदा मासिक’ को साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अंक’को लोकार्पण भएको छ।

थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो समारोहका प्रमुख अतिथि वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले शारदा मासिक ‘साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अंक’ को लोकार्पण गरे।

प्रमुख अतिथिले दिवसले सापसका पूर्व अध्यक्ष वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई ‘अमृत महोत्सव’ को अवसरमा ‘बधाईपत्र’ प्रदान गरे।

यसैगरी स्रष्टा समाज नेपालका नवनिर्वाचित अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनलाई साहित्यिक पत्रकार संघको तर्फबाट बधाई ज्ञापन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष राधेश्याम लेकाली विशेष अतिथिहरू वरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराई, वरिष्ठ नाट्यकर्मी एवं साहित्यकार अशेष मल्ल, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष साहित्यकार मातृका पोखरेल, ‘शारदा’ मासिक सम्पादक साहित्यकार विमल भौकाजी, सापस पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, महिला आदर्श सेवा केन्द्रकी अध्यक्ष नीरु श्रेष्ठ लगायत विभिन्न विशिष्ट साहित्यकारको विशेष उपस्थिति थियो।

कार्यक्रममा अतिथिहरूलाई साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको लोगो भएको मायाको चिनो प्रदान गरिएको थियो। उक्त कार्यक्रम सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले चलाएकी थिइन्।

प्रकाशित: १० आश्विन २०७९ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App