७ वैशाख २०८१ शुक्रबार
कला

संस्कृतिविद् ज्ञानकाजी मानन्धर कृति लोकार्पण

वरिष्ठ संस्कृतिविद् ज्ञानकाजी मानन्धरबारे लेखिएको ज्ञानकाजी मानन्धर कृति लोकार्पण भएको छ।

सञ्चारकर्मी तथा समाजसेवी आर के मानन्धर, जनमतका प्रधानसम्पादक तथा साहित्यकार मोहन दुवाल, साहित्यकार तथा अक्षरमार्गका सम्पादक सूर्य लाकोजू, डा.श्याम भट्टराई, रघुविर मानन्धर लगायतले संयुक्त रूपमा सो पुस्तक विमोचन गरेका थिए।

साहित्यकार ज्ञानकाजी मानन्धर संस्कृतिका मर्मज्ञ, दीर्घकालीन शिक्षासेवी र साहित्यकार पनि हुन्। उनले नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा समेत कलम चलाएका छन्। अक्षरमार्गले शिक्षा, संस्कृति र साहित्यका त्रिवेणी मूर्धन्य मानन्धरबारे कृति प्रकाशन गरेको हो।

लामो समयदेखि शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको व्यक्तित्व र कृतित्व चिनाउने सो पुस्तकलाई अक्षरमार्गले प्रकाशन गरेको हो।

उक्त पुस्तक आठ खण्डमा विभाजित छ। पुस्तकको सम्पादन साहित्यकार सूर्य लाकोजूले गरेका हुन्।

कार्यक्रममा वक्ताहरूले ज्ञानकाजी मानान्धरका विविध पक्षबारे चर्चा गरेका थिए।

प्रकाशित: ९ आश्विन २०७९ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App