८ वैशाख २०८१ शनिबार
कला

गीतकार डी.आर.को ‘नजाऊ परदेश’ सार्वजनिक

गीतकार डी.आर.को ‘नजाऊ परदेश’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदय सोताङ र मनिला सोताङले आवाज दिएको ‘नजाऊ परदेश’ भिडियोसहित सार्वजनिक भएको हो।

ज्योतिप्रकाशको संगीत रहेको उक्त गीतको भिडियोका निर्देशक गोविन्द अञ्जान हुन्।

गीतमा भर्खर विवाह गरेको श्रीमानले गर्भवती श्रीमती छोडेर विदेशिनुको पीडा छ। श्रीमान्-श्रीमतीको रोदन, पीडा, माया, बिछोड, करुणा जस्ता अत्यन्तै मार्मिक कथावस्तु समेटिएको छ। गीतले पारिवारिक पीडा, प्रेम, सन्तानको मुहार, गरिबी, देश र शासकको लाचारीपन बोलेको छ।

गायकद्वयले शब्द र संगीतको भावना र मर्मलाई कथाको भावमा डुबेर प्रस्तुत गरेका छन्। अञ्जना दवाडी र महेश खड्का अभिनय रहेको भिडियोमा चक्र बरालको छायांकन र विकास ज्ञवालीको सम्पादन छ।

रेकर्डिङ स्टुडियो ओपल रेकर्ड भएको गीतको एरेन्ज विष्णु अधिकारीले गरेका हुन्। गीतकार राईका ८ दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App