८ वैशाख २०८१ शनिबार
कला

‘प्रेमगीत ३’ लाई विदेशी फिल्म मान्दै चलचित्र विकास बोर्डले दियाे सेन्सरकाे अनुमति

हिन्दी संस्करणमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म मान्दै चलचित्र विकास बोर्डले सेन्सरका लागि अनुमति दिएको छ।

‘प्रेमगीत ३’ का निर्माण पक्षले विदेशी फिल्म सरह १५ प्रतिशत कर तिर्ने भएपछि फिल्मलाई सेन्सरको अनुमति दिइएको हो।  

'नेपाली फिल्मलाई पनि १५ प्रतिशत कर तिर्दा दुःख लागिरहेको छ। तिर्न पर्ने भएपछि हामी तयार भएका हौं', वितरक मनोज राठीले भने।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले नेपाली फिल्मलाई भाषाकै कारण विदेशी मान्यता दिन नहुने भन्दै आपत्ती जनाएका थिए।  

हिन्दी संस्करणको फिल्म ‘प्रेमगीत ३’  लाई वितरक र निर्माताले १५ प्रतिशत कर तिरेपछि मात्रै फिल्मले सेन्सर अनुमति पाएको हो।  

फिल्म असोज ७ गतेदेखि देशैभर नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदैछ। 

प्रकाशित: ५ आश्विन २०७९ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App