coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कथाकार सरितको ‘ऋतु फेरिंदै जान्छ’ को विमर्श

कथाकार इन्द्रकुमार श्रेष्ठ सरितको ‘ऋतु फेरिंदै जान्छ’ कथासंग्रहको विमर्श सम्पन्न भएको छ।

‘पहिचानका लागि महिला आवाज’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा कपन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भूमिदत्त पौडेलको सभाअध्यक्ष, कुसुम कार्की प्रमुख आतिथि र धर्मदत्त देवकोटा विशेष आतिथिको रूपमा रहेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ प्राडा गोपिन्द्र पौडेल र स्रष्टा विधान आचार्यले उक्त कथाकृतिको विमर्श गरेका थिए।

कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सहइन्चार्ज धर्मदत्त देवकोटा र बुढानिलकण्ठ नपा वडा नं. ९ की वडाध्यक्ष सुमित्रा पाण्डे त्रिपाठीले पनि सम्बोधन गरेका थिए।

संस्थाकी अध्यक्ष सुधा मैनालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू-प्रगतिशील लेखक संघ, नेपालकी केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, कलानिधि दाहाल, सीता शर्मा, हरिभक्त सिग्देल महेश, युवराज मैनाली, होमशंकर बास्तोला, ममता मृदुल, विनोद दाहाल, मिसन अधिकारी लगायतको उपस्थिति रहेको थियो।

संस्थाकी अध्यक्ष सुधा मैनालीले प्रगतिवादी साहित्यको प्रवर्द्धधन र विकासमा आफ्नो संस्थाले निरन्तर रूपमा पुयाएको योगदानबारे जानकारी गराएकी थिइन्।

प्रकाशित: ५ आश्विन २०७९ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App