coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘अग्नि’का लेखक लम्साललाई धादिङमा सम्मान

साहित्यकार तथा यस वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक नवराज लम्साललाई गृह जिल्ला धादिङमा भव्य सम्मान गरिएको छ।

नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङकोआयोजनामा बुधबार लम्साललाई धादिङवेसीमा सम्मान गरिएको हो। धादिङवेशी टोल सुधार समितिका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरुले लम्साललाई स्वागत गरेका थिए।

धादिङको माटोमा जन्मिएर नेपाली साहित्यको विषयमा महत्वपूर्ण योदान पुर्‍याएकाले सम्पूर्ण जिल्लावासीका तर्फबाट लम्सालाई सम्मान गरिएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए।

‘जिल्लाका लागि मात्र होइन लम्सालको साहित्यलेखन देशकै लागि महत्वपूर्ण योगदान पुगेको छ,’ अधिकारीले भने। भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लम्सालले पुर्‍याएको योगदान तथा लम्सालको लेखनशैली र अग्नि महाकाव्यको विषयवस्तु फरक रहेको जिकिर गरे।

कार्यक्रममा लम्सालले विपन्न, मजदुर, दलित र पछाडी पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताए। मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाई सम्बाेधन गरिएको बताउँदै उनले पछि पारिएका समुदाय र विभेदमा बाँचेका समुदायको विषयमा अझै धेरे लेख्ने प्रेरणा मिलेको बताए। लम्सालद्वारा लिखित महाकाब्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको छ। नेपाली साहित्य जगतमा मदन पुरस्कारलाई उच्च सम्मानको रुपमा लिइन्छ।

प्रकाशित: ३० भाद्र २०७९ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App