१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

क्षितिजपारि हेरिरहें तिम्लाई देखिएन

मुक्तक

गंगा ढकाल खनाल

 १) मुक्तक

क्षितिजपारि हेरिरहें तिम्लाई देखिएन,

नहेरौ त तिम्रो सपना कहिल्यै मेटिएन।

बादलुको घुम्टो ओढ्यौ त्यो शिर छेकिएन,

पाइला चालें गन्तव्यको तर भेटिएन।

 २) मुक्तक

आधा बाटो नहिंड्दै छाड्यौ साथ किन,

दुईटा मुटु मलाई दिई छाड्यौ यहाँ किन।

रोप्यौ बिरुवा न त जल न त मलबिना,

डढेलोले खा’ को बन जस्तै पार्‍यौ मलाई किन।

   ३) मुक्तक

कृष्ण र सुदामाको जस्तो अटल मित्र बनिरहोस्,

मह जोडी जस्तो हाम्रो सम्बन्ध झन् गाढा बनोस्।

साथी यस्तो हुन्छ भन्ने उदाहरणीय सबको बनोस्,

अप्ठेरोमा पर्दा कतै साथीत्वको कदर बनोस्।

प्रकाशित: ३० भाद्र २०७९ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App