८ वैशाख २०८१ शनिबार
कला

नेपाल बंगलादेश स्रष्टा सम्मिलन

साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ले नेपाल बंगलादेश स्रष्टा सम्मिलनको आयोजना गरेको छ। सम्मिलनमा बंगलादेशबाट आएका स्रष्टाहरूको स्वागत तथा सम्मान गरिएको छ।

कार्यक्रममा बंगलादेशी स्रष्टाहरू शेली सेनगुप्ता, डा. अनवरा सैयद हक, प्राडा दिलारा हाफिज र नेपालको तर्फबाट उमेश अकिञ्चनले कविता प्रस्तुत गरेका थिए भने गायक काजलकुमार मुखर्जीले हार्मोनियमका साथमा ‘एक्ला चलो रे...!’ गाउँदै रवीन्द्र संगीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा ‘अभिव्यक्ति’का संरक्षक, साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले बंगलादेशका साहित्यकारहरूको रचना अनुवाद गरी अभिव्यक्तिमा छाप्ने चाहना बताए। उनले ‘यताको साहित्य उता र उताका साहित्य यता छापियोस्’ भन्ने विषयमा जोड दिएका थिए।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले बाङ्गला भाषा र नेपाली भाषामा केही समानता रहेकाले बंगलादेशी सर्जकहरूले सजिलैसँग नेपाली भाषा बुझ्न सकिने बताए।

सोही अवसरमा नेपाली साहित्यकाररू ‘अभिव्यक्ति’ का वर्तमान प्रधान सम्पादक पवन आलोक, प्राडा लक्ष्मणप्रसाद गौतम, प्रतीक ढकाल, श्रीओम रोदन, रामप्रसाद पन्त, शंकर भारती र यादव भट्टराईले साहित्य कला कुनै पनि भूगोलमा नबाँधिने बताए।

कार्यक्रममा बंगलादेश नेपाल मैत्री समाजका अध्यक्ष मसहुर अहमदले नेपालमा पाएको न्यानो मायाको प्रशंसा गरे। उनले आफूहरूले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीसँग भेट गर्न पाएकोमा खुसी लागेको बताए।

कार्यक्रममा मोहम्मद महसुर रहमान र सलाउद्दिन कुटुले पनि नेपाल बंगलादेशको साहित्यबारे बोलेका थिए।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू: प्रमोद प्रधान,  किशोर पहाडी, कृष्ण प्रसाईं, विधान आचार्य, तुलसीहरि कोइराला, नवराज पुडासैनी ज्योत्स्ना, छविरमण सिलवाल, सुमन सौरभ, श्रीराम राई, तारा सुवेदी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ भाद्र २०७९ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App