coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

गेट अगाडिको फोहोर

लघुकथा

ढाकामोहन बराल

‘बाबा,आज पनि हाम्रो गेट अगाडि फोहोर बनाएको रहेछ।’ सानी छोरीले भनिन्।

‘सफा बनाउनुपर्‍यो नि त।’ म आफ्नै सुरमा बोल्दै अफिस लागें।

‘मामुले सफा गर्नुभयो। सधैं फोहोर हुन्छ। मामुले कति दुःख गर्नु।’ छोरीलाई मामुको माया लाग्यो।

भोलिपल्ट छोरी छिट्टै उठिन्।

मैले सोधें, ‘आज धेरै होमवर्क छ, हो?’

‘आज मेरो काम छ।’ उनले भनिन्।

केही समयमा उनी दौड्दै आइन र भनिन्, ‘बाबा, कसले फोहोर गरेको भन्ने मैले पत्ता लगाएँ।’

हामीले सोध्यौं,‘कसले रहेछ त?’

छोरीको जवाफ आयो,‘परको अंकलले राम्रो नयाँ कुकुर ल्याउनुभएको रहेछ। बिहान डुलाउन ल्याउँदा हाम्रो गेट अगाडि फोहोर गराउनुहुँदो रहेछ।’

मैले भने, ‘अरूको घरको अगाडि फोहोर गर्न त नहुने हो नि।’

छोरीले मसँग सोध्दै थिई,‘बाबा, परको अंकलले पनि धेरै पैसा कमाउनुभएको छ,हो?’

प्रकाशित: २५ श्रावण २०७९ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App