coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भोजपुरी भाषाका दुई पुस्तक विमोचन

शनिबार वीरगन्जमा आयोजित पुस्तक विमोचान कार्यक्रम। तस्विरः रितेश त्रिपाठी, नागरिक

वीरगन्जमा एक जना लेखकका भोजपुरी भाषाको अलग अलग विधाका २ वटा पुस्तक विमोचन भएका छन्। भोजपुरी भाषाका लेखक दिनेश गुप्ताद्वारा लिखित ‘अब सुतल ठीक नइखे’ गजल संग्रह  र ‘हिरोशिमा’ हाइकू संग्रह पुस्तकको वीरगन्जमा विमोचन भएको हो।  

एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्। नेपाल भोजपुरी समाज वीरगन्जको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राउतले पुस्तक विमोचन गर्दै मातृभाषा आमाको दुध सरह हुने गरेको टिप्पणी गरे। साहित्यिक कृतिहरुले भाषा समृद्ध हुने गरेको उनले बताए। सबै मात्रृ भाषाहरुको समान महत्वपूर्ण रहेको उनको भनाई थियो। मुख्यमन्त्री राउतले प्रदेशभित्र बोलिने सबै भाषाको बिकास र संरक्षण गर्न प्रदेश सरकारले भाषा, कला, साहित्यको विकासका लागि एकेडेमी गठन प्रक्रिया अगाडी बढाएको बताए।

समाजका अध्यक्ष ध्रव सिंह ठकुरीको अध्यक्षमा सम्पन्न कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले साहित्यकार र अभियानकर्मीहरुको अगुवाईमा भाषाको विकास अगाडि बढाइएमा राजनीतिकस्तरबाट आवश्यक नै सहयोग पाइने बातावरण रहेको बताए।  बिशिष्ट अतिथी सिंहले वीरगन्ज भाषा भोजपुरी रहेको र यसप्रति अगाध प्रेम रहेको बताए।  

‘अब सुतल ठीक नइखे’ गजल संग्रहमा गुप्ताले ५१ वटा गजलहरु संग्रहित गरेका छन् भने ‘हिरोशिमा’ हाइकू संग्रहमा २०१ वटा हाइकू राखेका छन्। संग्रहमा राजनीतिक, समाजिक, श्रृगाँरिक र जीवनदर्शनमा आधारिक गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए। भारतबाट आएका साहित्यकार डा. हरेन्द्र हिमकर, भोजपुरी प्रतिष्ठान वीरगन्जका अध्यक्ष उमाशंकर द्विवेदी, साहित्यकार डा.विशम्भर शर्मा, लेखक गणेशप्रसाद लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्तालगायतकाले आफ्ना शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: २२ श्रावण २०७९ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App