१६ चैत्र २०८० शुक्रबार
कला

लेकै फुल्यो लालीगुराँस,बेंसी फुल्यो सिमल

बालगीत

पेशल आचार्य

 १) बालगीत

लेकै फुल्यो लालीगुराँस बेंसी फुल्यो सिमल,

तराई राम्रो, पहाड राम्रो, सेतै हाम्रो हिमाल।

कोइलीले वनपाखा कुहूकुहू गाउँछ,

मुजुरको छम्छम् नाचले मनै रमाउँछ।

छाँगा-छहरा झर्नाहरू झर्छन् वरिपरि,

पहाडको टाकुरामा नाच्यो सुन चरी।

बालक हूँ नाच्न–गाउन मन लाग्छ मलाई,

जीवनमा अघि बढ्छु, ज्ञानको दियो जलाई।

लेकै फुल्यो लालीगुराँस बेंसी फुल्यो सिमल,

तराई राम्रो, पहाड राम्रो, सेतै हाम्रो हिमाल।

  २) बालगीत

सानु भाइ कति राम्रो, पापा देऊ भन्छ,

गैया बुबु खाऊ भन्दा नुनु गर्छु भन्छ।

आमालाई देख्छ जब बुई चढौं भन्छ,

बालाई भेट्छ अनि ठूली गर्न खोज्छ।

सुरी आ’को देखेर पछि सर्न खोज्छ,

न्वाइन्वाइ गरौं भन्दा हातगोडा फाल्छ।

काइँकाइँ गरौं भन्यो, चुप लागी बस्छ,

छट्टू स्याल आयो भन्दा काखमा गै लुक्छ।

दिदीबैनी लेख्न बस्छन्, ककनन गर्छ,

छुनु मुने मेरो भाइ, मलाई मन पर्छ।  

प्रकाशित: २१ श्रावण २०७९ ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App