coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘अनुभूतिको अवतरण’ निबन्धसङ्ग्रह लोकार्पण

निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसङ्ग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले उक्त निबन्धसङ्ग्रहको लोकार्पण गरे।

शिखा बुक्सद्वारा प्रकाशित निबन्धसङ्ग्रहका बारेमा बोल्दै डा। वासुदेव त्रिपाठीले देवकोटाको जस्तो विराट निबन्धात्मक प्रतिभा आजसम्म पनि जन्मन नसकेको बताउँदै देवकोटीय प्रभाव निबन्धकार निरौलामा पनि रहेको बताए। उक्त कार्यक्रममा डा . ज्ञानु पाण्डे, डा.रामप्रसाद ज्ञवाली, डा. सावित्री मल्ल कक्षपतिलगायतले समीक्षात्मक मन्तव्य राखेका थिए। साहित्यकार सुमन वर्षाद्वारा सञ्चालित उक्त कार्यक्रम शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो।  

प्रकाशित: २१ श्रावण २०७९ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App