४ वैशाख २०८१ मंगलबार
कला

'द भ्वाइस अफ नेपाल ४' परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी

द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो। 

परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन्। त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन्। गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ। सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

 डिजिटल अडिशनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन्। अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ। भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरुले पनि अडिसनमा सहभागीता जनाएको आयोजकको भनाइ छ। कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजिमा जोड दिने बताए। 

उनले आफ्नो खोजि पनि प्रतिभाकै खोजिमा रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताए। त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन्। उनले वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको बताएकी हुन्।

प्रकाशित: १९ श्रावण २०७९ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App