coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आमिर खानको फिल्ममा करिनाको पहिलो पटक ‘अडिसन’

करिना कपूरले आजसम्म कुनै अडिसन दिएकी छैनन्। तर आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि पहिलो पटक करिना कपुरको अडिसन लिएका छन् किनभने आमिर  करिनाको कास्टिङमा पक्का हुन चाहन्थे।

झण्डै एक दशकपछि आमिर खानसँग फेरि काम गर्न लागेकी करिनाले भनेकी छिन्, ‘म फिल्ममा छु भनरे फिल्म गर्नुपर्छ भन्ने कलाकारमध्येमा आमिर खान पर्दैनन्।’ उनका अनुसार आमिर खान फिल्मप्रति समर्पित छन् र फिल्मका लागि जे उचित हुन्छ त्यही गर्छन्।

आमिरले करिनालाई चार घण्टाको ‘न्यारेसन’ दिए। ‘अडिसन’मा करिनाले मध्यम उमेरको भूमिका निभाउन सक्छिन् कि सक्दैनन भनेर हेर्न चाहन्थे। यो सबै गरेपछि मात्रै करिना फिल्मको हिस्सा बनिन्।

करिनाले गर्भावस्थाको समयमा काम गरेको र अभिनेत्रीको रूपमा क्यामेराको अगाडि गर्भावस्थासँगै आउने परिवर्तनहरूलाई अंगालेकोमा पनि प्रशंसा गरिन्छ। तर उनले काम जारी राखिन्। करिना यही नै महिलाको बल हो भन्नेमा विश्वास गर्छिन्।

उनी भन्छिन्, ‘यदि तपाईँलाई यो मनपर्छ भने तपाईँले काम गर्नुहुन्छ। हामी महिलाले गर्न नसक्ने केही छैन।’

करिनालाई मिरको समर्थन  

करिनाले गर्भावस्थामा काम गर्न आमिरबाट धेरै सहयोग पाएकी थिइन्। तर, करिनाले आफू गर्भवती भएपछि स्क्रिप्टमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारिन्। स्क्रिप्टमा जे थियो त्यही छायांकन भयो।

घरमा दुई सन्तान भएकी उनी आफ्नो काम र परिवारबीच सन्तुलन मिलाउन चाहन्छिन्। त्यसैले करिनाले वर्षमा एक–दुईवटा फिल्म मात्र गर्ने निर्णय गरेकी छिन्।

उही समयमा, कपूर परिवारमा भर्खरै विवाह गरेका रणवीर कपूर र आलिया भट्टको घरमा पनि चाँडै अर्को बच्चाको आगमन हुँदैछ। यस्तो अवस्थामा करिनाले मातृत्वको बारेमा भाउजु आलिया भट्टलाई कस्तो सल्लाह दिन चाहन्छिन्न्?

यसबारे कमेन्ट गर्दै करिना भन्छिन्,‘अब कसैलाई टिप्स कहाँ दिऊँ। यदि कसैले टिप्स दियो भने मलाई यो मन पर्दैन, त्यसैले म कसैलाई सल्लाह दिदिनँ।’ 

करिना र आमिर चाँडै ‘कफी विथ करण शो’मा देखिनेछन्। तर करिनाले आफूसँग अब शोमा खुलासा गर्नुपर्ने कुनै गोप्य कुरा नरहेको बताउँछिन्।

अद्वैत चन्दनद्वारा निर्देशित आमिर खानको लाल सिंह चड्ढा अगस्ट ११ मा रिलिज हुँदैछ।

प्रकाशित: १९ श्रावण २०७९ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App