७ वैशाख २०८१ शुक्रबार
कला

चलचित्र विकास बोर्डका १० उम्मेदवारको सूची सार्वजनिक, को बन्ला अध्यक्ष?

चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना जारी गर्दै १० उम्मेदवारको सूची सार्वजनिक गरेको हो।

उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिँदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि उक्त सूचनामा उल्लेख छ।

मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, काठमाडौँका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौँका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा छन्।

प्रकाशित: २ श्रावण २०७९ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App